-

  • नयाँ खबर

    04 February, 2014

    ओझेलका पात्र १०० औं श्रृंखला पुरा , ओझेलका पात्रहरुलाइ सम्मान भिडियो सहित ।





    एभिन्यूज टेलिभिजनको मध्यमान्चल क्षेत्रिय ब्यूरो बीरगंजले संचालन गरेको अन्तर्क्रियामुलक कार्यक्रम ओझेलका पात्रले सय श्रृंखला पुरा गरेको छ । कार्यक्रमले सयौं श्रृंखला पुरा गरेको अबसरमा आयोजना गरेको सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । राष्ट्रिय जिबनमा महत्वपुर्ण योगदान पुर्याएका तरा बिभिन्न कारणले आझेलमा परेका ब्यक्तित्वहरुलाइ खोजेर राष्ट्रिय रुपमा चिनाउने अभियान अन्र्तगत संचलन गरिएको ओझेलका पात्रले आफ्नो सयौं श्रृंखला पुरा गरेको अबसरमा आयोजित सम्मान कार्यक्रममा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्निकारले एभिन्यूज टेलिभिजनले राजधानीलाइ मात्र नभई मोफसललाइ जोड्ने अभियान अन्र्तगत संचालन गरेको यस कार्यक्रमले देशभित्र लुकेर रहेका नायकलाइ चिनाउने काम गरेको बताएका छन् ।साथै उनले बिरगंज औधोगिक नगरी तथा आर्थिक राजधानी भएकाले यस क्षेत्रको बिकासका लागि आउँदो महिनाबाट महिनाको एकपटक आर्थिक बिशेष कार्यक्रम संचालन गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् । कार्यक्रममा अध्यक्ष राजकर्निकारले कार्यक्रम संचालनमा सहयोग पुर्याउने बिभिन्न संघसंस्था तथा लगायत प्रायोजकलाइ सम्मान गरेका थिए । बिरगंज ब्यूरो प्रमुख राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका सरकारी अधिकारीहरु ,उधोगी ब्यबसायी लगायत ओझेलका पात्रका तर्फबाट चर्चित गायक गागिका ,साहित्यकारहरुले शुभकामना मन्तब्य राखेका थिए । 
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ओझेलका पात्र १०० औं श्रृंखला पुरा , ओझेलका पात्रहरुलाइ सम्मान भिडियो सहित । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top