-

  • नयाँ खबर

    24 February, 2014

    पत्रकार नेपाललाई गोपाल गिरी स्मृती पुरस्कार

    वीरगंज, १२ फाल्गुन, पर्सा
                        यस बर्षको स्वर्गिय गोपाल गिरी क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार शत्रुघन नेपाललाई प्रदान गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले नेपाललाई सम्मानपत्र सहित २५ हजार रुपैया पुरस्कार राशि प्रदान गरेको हो । वीरगंजको होटल समझनामा पत्रकार महासंघ जिल्ला शाखाले आयोजना गरेको समारोहमा उक्त पुरस्कार नेपाललाई आज प्रदान गरेको छ ।  पत्रकार नेपाल स्थानीय प्रतीक दैनिकका सम्पादक तथा गढीमाई एफएमका सामाचार प्रमुख हुन ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बजिमय,पत्रकारहरु ध्रुव साह, दीपेन्द्र चौहान,अशोक तिवारी,महेश दास लगायतकाले स्वर्गिय गिरीको व्यक्तित्व र योगदान बारे चर्चा गरेका थिए । स्व.गिरीको २०६० माघ १ गते तत्कालिन बिद्रोही नेकपा माओवादीले वीरगंजको बाइपासमा गोली हानी हत्या गरेका थिए ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पत्रकार नेपाललाई गोपाल गिरी स्मृती पुरस्कार Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top