-

  • नयाँ खबर

    13 February, 2016

    ब्लड प्रेसर नियन्त्रण गर्ने यी हुन् घरेलु उपाय

     उच्च रक्तचापलाई साइलेन्ट किलर पनि भनिन्छ । यो तत्कालै कुनै ठूलै असर पार्ने रोगजस्तो नदेखिएपनि यसले मानिसलाई विस्तारै रोगी बनाउँदै मृत्युशैयामा पूराइरहेको हुन्छ ।
    उच्च रक्तचापको समस्याका सुरुवाती लक्षणहरुमा चक्कर आउनु, निद्रा नलाग्नु, मुटुको धड्कन बढ्नु लगायतका हुन्छन् । उच्च रक्तचापको नियन्त्रणमा ध्यान नदिइएमा हृदयाघात, मस्तिष्कघात तथा मृगौला फेल हुने जस्ता प्राणघातक समस्या पैदा हुन्छन् ।
    जिवनशैली तथा खानपानमा ध्यान दिनेहो भने उच्च रक्तचापलाई काबुमा राख्न सकिन्छ । आयुर्वेद चिकित्सकहरुका अनुसार केही घरेलु खानेकुराहरुको नियमित सेवनले पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ । जुन यस्ता छन्ः
    • · मेवा खानुहोस् स् उच्च रक्तचापका रोगीले पर्याप्त मेवा खाुनपर्छ । मेवामा पोटासियम पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्छ ।
    • केरा : खानुहोस्स्   केरामा पनि पोटासियम पर्याप्त मात्रामा पाइन्छ, जसले सरीरमा नुनको असर कम गर्दछ । दिनहुँ २।३ वटा केरा खानु रक्तचाप नियन्त्रणका लागि लाभदायी हुन्छ ।
    • लसुन : लसुनमा पाइने एन्टीअक्सिडेन्ट तथा एलिसिन तत्व रक्तचाप नियन्त्रण गर्न सहयोगी हुन्छन् । त्यसैले हरेक बिहान खाली पेट लसुनका दुइ केश्रा तथा एक गिलास पानी पिएमा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ ।
    • अदुवा : खानामा अदुवा पर्याप्त मात्रामा सामेल गर्नुहोस् । अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाइन्छन् ।
    • मरिच आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोल्नुुुहोस् र केही तताउनुहोस् । चिसो भइसकेपछि २।२ घण्टामा थोरै थोरै गरेर पिउनुहोस् ।
    • तुलसी तथा निमको पात :  तुलसी तथा निमका पातको केही रस पानीमा मिलाएर दिनहुँ बिहान खाली पेटमा पिउने गर्नाले उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग पुग्दछ ।
    • मेथी : एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमाल्नुहोस् । त्ससपछि त्यो मेथीपानीलाई चिसो पारेर पिउनुहोस् ।
    • गाजर र पालुंगोको रस : दिनहुँ बिहान र बेलुका एक गिलास गाजर तथा पालुंगोको रस पिउनाले रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।
    • अमलाको रस र मह : १ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर हरेक दिन बिहान बेलुकी खाने गर्नाले रक्तचाप कम गर्ने तथा रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।
    • कागती पानी : रक्त चाप उच्च भएकाहरुले नियमित रुपमा एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउनुपर्छ ।
    • गहुँ तथा चनाको रोटी : गहुँ तथा चनाको पिठोको बराबर मात्रा मिलाउनुहोस् र सोही पिठोबाट रोटी बनाउनुहोस् । यस्तो रोटी खानाले सरीरको उपापचयन प्रक्रियामा सुधार आउने तथा रक्तचाप सन्तुलित हुने गर्छ ।
    – एजेन्सीको सहयोगमा
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ब्लड प्रेसर नियन्त्रण गर्ने यी हुन् घरेलु उपाय Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top