-

  • नयाँ खबर

    01 February, 2014

    ओझेलका पात्रको १०० औं श्रृंखला

    कार्यक्रममा सम्मानित ओझेलमा परेका पात्रहरु ।
    बीरगंज १८ माघ 
    एभिन्यूज टेलिभिजनको मध्यामाञ्चल क्षेत्रीय ब्यूरो कार्यालय बीरगंजले संचालन गरेको अन्तरक्रियामुलक कार्यक्रम ओझेलका पात्रले सय श्रृंखला पुरा गरेको अवसरमा आयोजना गरेको सम्मान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।
    राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पु¥याएका तर विभिन्न कारणले ओझेलमा परेका ब्यक्तित्वहरुलाई खाजेर राष्ट्रिय रुपमा चिनाउने अभियान अन्तर्गत संचालन गरिएको ओझेलका पात्रले आफनो १०० औं श्रृंखला पुरा गर्न सफल भएको छ । सोही अवसरमा आयोजना गरिएको सम्मान कार्यक्रममा एभिन्यूज टेलिभिजनका कार्यकारी अध्यक्ष्ँ तथा नेपाल उधोग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष्ँ आदरणिय भाष्कराज राजकर्णिकारले एभिन्यूज टेलिभिजनले राजधानीलाई मात्र नभई मोफसललाई जोडने अभियान अन्तर्गत संचालन गरेको यस कार्यक्रमले देश भित्र लुकेर रहेका नायकलाई चिनाउने काम गरेको छ बताए ।
    साथै बीरगंज औधोगिक नगरी तथा आर्थिक राजधानी भएकोले यस क्ष्ँेत्रको बिकासको लागि आउदो महिनाबाट महिनाको एकपटक आर्थिक विशेष कार्यक्रम संचालन गर्ने प्रतिबद्धता गरेका छन् । कार्यकारी अध्यक्ष्ँ राजकर्णिकारले कार्यक्रम संचालनमा प्रत्यक्ष्ँ अप्रत्यक्ष्ँ सहयोग पु¥याउने विभिन्न संघ सस्था लगायत प्रायोजकलाई पनि सम्मान गरेका थिए । सम्मानित हुनेमा कार्यक्रमका मुख्य प्रायोजक नेपालव शालिमार सिमेन्ट प्रा.लि., बिश्वकर्मा सिमेन्ट प्रा. लि., यती पोलिकेम प्रा. लि. लगायत दृश्य सम्पादक राजेश शर्मा, क्यामेरा पर्सन पुष्कर अधिकारी, अनिल श्रेष्ठ, जियालाल साह, सूश्री काजल बेरीवाल, श्रृंगार प्रशाधक श्रीमती करुणा बेरीवाललाई सम्मान गरिएको थियो । यसैगरि मध्यमाञ्चल जिलला भरिका एभिन्यूजकर्मि समेत सम्मान गरेको थियो ।
    बीरगंज ब्यूरो प्रमुख राजु श्रेष्ठको सभापतित्वमा सम्पन्न सम्मान कार्यक्रममा पर्साका सभासद राजेन्द्र बहादुर अमात्य, पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमय, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक कुमार बैद र ओझेलका पात्रहरुको तर्फबाट बयोबृद्ध ९० बर्षिया प्रेमनाथ शर्मा, लोकगायिका हरिदेवी कोइराला, चर्चित गायक सरोज गोपाल, साहित्यकार गोपाल अश्क र सयौ पात्र कृष्ण बास्तोलाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्यद्धयको पनि उपस्थिती रहेको थियो ।
    एभिन्यूज टेलिभिजनका प्रवन्ध निर्देशक लक्ष्मण बास्तोलाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन चर्चित कार्यक्रम प्रस्तोता टिकाराम यात्रीले गरेका थिए । कार्यक्रममा सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा,  पर्सा, मकवानपुर, चितवन, कास्की, पर्वत र बागलु¨का ओझेलमा परेका पात्रहरुको सहभागिता रहेको थियो ।

    photo view


    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ओझेलका पात्रको १०० औं श्रृंखला Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top