-

  • नयाँ खबर

    26 September, 2016

    तस्करी रोक्न प्रशासनमा ज्ञापन

    मध्य नेपाल सन्देश 
    पर्साको पिडारीगुठी गाविस वडा नम्बर ३ मा पर्ने पिपडारी गाउँको ओरीया खोलामा भारतीयहरुले गर्ने बालुवा तस्करी रोक्न जिल्ला प्रशासन कार्यालयमा शुक्रबार ज्ञापन पत्र बुझाएका छन् । 
    प्रत्येक वर्षको साझा समस्या झै यसवर्ष पनि बालुवा तस्करसंग सशस्त्र प्रहरी र स्थानीयहरुले  कुटाइ खाएका छन् । नेपाली भुमिमै भारतीयहरुको दादागिरिले वर्षेनी प्रहरी र स्थानीयहरुले कुटाई खानु परेको हो । २०७१ सालमा प्रहरीको एस.एल.आर खोसेर हात भाचेर पठाएका भारतीयहरुलेृ फेरी २०७२ सालमा अर्का प्रहरीका सई जयराम यादवलाई कुटपिट गर्दै लखेटेका थिए । यसवर्ष पनि भारतीय तस्करहरुले सशस्त्र प्रहरी हवल्दार राजकुमार माझी स्थानीय प्रभु चौधरी र शम्भु रामको खुट्टा भाँची दिएका छन् । 
    निर्वाध रुपमा अवैध तरीकाले भारततर्फ गइरहको बालुवा तस्करी रोक्नका लागि सशस्त्र प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएपछि तस्करसँग झडप भएको थियो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएपछि तस्करहरुले ढुङ्गा हानाहान गरेका थिए । प्रतिकारमा प्रहरीले ४ राउण्ड हवाई फायर समेत हान्नु परेको पर्साका स्थित सशस्त्र प्रहरीका उपरिक्षक रविन्द्र ठाकुरले बताए । नेपालबाट तस्करी गरेको बालुवा महंगो दाममा भारतको बेतिया, मोतिहारी, नरकटियागंज, रक्सौल, सिक्टा, भेलाहीसम्म लगेर बेच्ने गरेको बुझिएको छ । प्रत्येक वर्ष हुने बालुवा तस्करीले ओरिया खोलाको नेपाली तर्फको नदी कटान भएर दर्जनौँ विगहा खेत खोलाले बगाई सकेको स्थानीय नेसार मियाले बताए । घटनापछि भारतबाट बेतियाको भंगाहा थाना प्रभारी मुकेश कुमार, र नेपालका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरका सशस्त्र प्रहरी निरीक्षक हरि लम्साल, ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरिक्षक जयदीप राणा बीच छलफल भई ओरिया खोला क्षेत्रमा संयुक्त गस्ती गर्ने र बालुवा तस्करी रोक्ने दुवै पक्षको समन्यवात्मक भुमिका रहने स्थानीय दुवैतर्फका प्रहरीहरुले प्रतिबद्धता जनाएका छन् । स्थानीय स्तरमा हुने यस्ता सहमतिमा पूर्ण विस्वस्त हुने अवस्था नरहेकोले आफूहरुले केन्द्रले नै पहल गरिदियोस् भनी स्थानीय प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउन आएको स्थानीयको भनाइ छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: तस्करी रोक्न प्रशासनमा ज्ञापन Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top