-

  • नयाँ खबर

    19 September, 2016

    विद्यालयमै प्याड बनाउन थालेपछि छात्रा संख्या बढ्यो

    मध्य नेपाल सन्देश
    मायामितु न्यौपाने
    शिक्षिका गायत्री साह नियुक्त भएर श्री महानन्द प्रसाद उपाध्याय उच्च माविमा भर्ना भएको पहिलो दिन नै अनौठो लाग्यो । अनौठो लाग्नुको कारण थियो त्यहिका छात्राहरुको अप्रत्यासित व्यवहार । जब उनी आफनो घण्टी सकेर बाहिर निस्किन लागेको समयमा एक छात्रा नजिकै आएर म्याम गेट खोलिदिनु न म घर जान्छु भनिन् ।  बिचैमा कक्षा छाडेर घर जानुको कारण सोध्दा जब छात्राले आफूलाई महिनावारी भएर घर जान लागेको बताइन् त्यतिबेला देखि नै उनले मन मनै संकल्प गरिन् कि यसबाट छुटकारा पाउन केही न केही त गर्ने पर्छ । छात्रालाई घर गएपछि उनले प्रधानाध्यापकसंग कुरा राखिन् । त्यति बेला विद्यलायमा १६,१७ जना शिक्षकमा उनी मात्र एक महिला शिक्षिका थिइन् । प्रधानाध्यापकले पनि त्यति चासो दिएनन् । तर छात्राहरुले भने दैनिक जसो आएर उनलाई समस्या भन्न थाले । केही न केही त गर्ने प¥यो नत्र पहिलो घण्टीमा मिन्स भयो भने बाँकी सबै कक्षा छुट्छ चार पाँच दिन भने छात्राहरुको पढाइ कमजोर हुन्छ भन्ने उनलाई लागि रह्यो । यो कुराले उनलाई बारम्बार घोचिरहयो । प्रधानाध्यपाकसंग पनि कुरा राख्न छाडिनन् । प्रधानाध्यापकले पनि प्याड किनेर ल्याएर स्कूलमै राख्न भन्नु भन्ने सामान्य जवाफ दिए पछि उनलाई आफैले प्याड बनाउन सके राम्रो भन्ने लाग्यो । सबैले प्याड किन्ने अवस्था पनि नहुने, भन्ने वितिकै पनि नपाइने उनलाई कसरी यस समस्याको समाधान गर्न सकिन्छ भन्ने लागि रह्यो । 
    यस्तै उनले कुनै संस्थाले मिन्सुरेशन हाइजिङ सम्बन्धि तालिम दिदैछ रे भन्ने सुनिन् । तर सुरुमा सुन्दा उनलाई अचम्म लागेको थियो रे । यो मिन्सुरेशन हाइजिङ सम्बन्धि पनि तालिम हुन्छ र ? कस्तो हुन्छ यो तालिम भन्ने लागेको थियो रे । जब विद्यलायको तर्फबाट उनी आफै सो तालिममा सहभागी हुने मौका पाइन् । तब उनलाई सबै समस्याको समाधान भए जस्तै लाग्यो । तालिममा आफैले कसरी प्याड बनाउने, त्यसलाई कसरी व्यवस्थापन गर्ने लगायतका विषयमा सिकेपछि उनले विद्यालयमा आएर छात्राहरुलाई सिकाउन थालिन् । विद्यालयमा लिजर पिरियडमा उनले पाँच कक्षा माथिका छात्राहरुलाई एक दिनमा १० जनाको समूह बनाएर सिकाउन थालेपछि छात्राहरु नियमित हुन थाले । छात्राहरु नियमित मात्र होइन । पढाइमा पनि राम्रो नतिजा ल्याउन थालेको उनको ठम्याइ छ । साथै अहिले सो विद्यालयमा छात्र भन्दा छात्राको संख्या पनि बढेको रहेको गायत्री बताउछिन् । अहिले पाँच कक्षा भन्दा माथि अध्ययन गर्ने यो विद्यालयमा तीन सय भन्दा बढी छात्राहरु रहेका छन् । ती सबैले प्याढ बनाउँछन् । विद्यालयमा पनि राख्छन् र छिमेकीमा पनि सिकाउछन् । विद्यालयमा सोही अनुसारको शौचालय, व्यवस्थापनको सुविधा पनि भएकाले धेरै छात्रा महिनावारी पछि विद्यालय नै छाड्थे । अहिले त्यो संख्यामा पनि प्रधानाध्यापक अरविन्द कुमार लाल बताउँछन् । प्रायः विद्यालय ड्रप आउट हुनेहरु महिनावारी सुरु भएपछि नै हुन्थे । तर अहिले भने छात्राहरु नियमित स्कूल आउने गरेको प्रधानाध्यापक लालले बताए । 
    जव महिनावारी हुन्थ्यो, त्यतिबेला पेट दुख्ने तथा कहिले काही धेरै रगत जादा साथीहरुले विद्यालयमा जिस्काउथे । पछि स्कुल आउदा पनि कति दिन सम्म जिस्काउने गर्थे । अहिले भने एकदमै सजिलो भएको सुदामादेवी पासवानले बताइन् । उनलाई कक्षा छाडेर जान मन हुदैन थियो । तर पनि दिनभरी आफूसँग केही नहुँदा गारो हुनाले बाध्य भएर घर जानु पथ्र्यो अहिले भने ढुक्क छ उनले भनिन । यस्तै महिनावारी हुदा प्राय आमाको सुतीको साडी च्यातेर प्रयोग गर्ने कक्षा ९ सानु मैया सहनीलाई भने साडीहरु राम्ररी नधोइएको हुन सक्ने भएकाले संक्रमण हुन सक्ने खतराबाट यो प्याडले मुक्त गराए जस्तो लाग्छ सहनीलाई । यो तालिम लिएपछि भने नया सुतीका कपडा किनेर आफैले बनाउने तथा एक पटक बनाएको प्याढ ८,१० पटक प्रयोग गर्न सकिने उनले बताइन । साथै यो धोएर पटक पटक प्रयोग गर्न सकिने र सस्तो पनि हुने भएकाले आफूहरुलाई सजिलो भएको सहनी बताउछिन् । 
    पर्साको बगहीमा रहेको यो उच्च मावि  एउटा नमुना मात्र हो । यस्तै पर्साका अन्य ३० वटा विद्यालयमा पनि यो कार्यक्रम लागु भएको छ  । पाइलटिङ प्रोग्रामका रुपमा युनिसेफ मार्फत यो कार्यक्रम नेपालमै पहिलो पटक पर्सामा लागु भएको सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादव बताउछन् । उनका अनुसार पर्साका ३० वटा विद्यालयका दुई दुई जना महिला शिक्षिकालाई यो तालिम दिइएको र यसले विद्यालयमा विशेष गरी ड्रप आउटको संख्या घटाउन ठूलो भूमिका खेलेको यादवको तर्क छ । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: विद्यालयमै प्याड बनाउन थालेपछि छात्रा संख्या बढ्यो Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top