-

  • नयाँ खबर

    30 April, 2015

    भुकम्पले भन्दा आफ्नौले पटक - पटक मारे, महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।

    महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई ।


    जियालाल 
    काठमाडौँको नगरकोटबाट शुक्रबार सुखद रुपमा तन्नेरी चासोको  Planning and Idea Sharing Workshop समपन्न गरी आएका हामी (माधुरी महतो, कविता खडका र म जियालाल) केही ठाउँहरु घुमघाम गर्ने र केही समानहरु खरीद गर्ने भनेर आज कलंकि मै लजमा बसौँ अनि घुम घाम गरि भोलि पशुपतिनाथको दर्शन गरेर वीरगंज जाने योजना अनुसार कलंकीको एभरेष्ट लज नजिकै रामेछाप लजमा रुम लियौ ब्यागहरु राख्यौँ ।
    बेलुकीको ४ बजे धरहरा हेर्न गयौँ धरहराको सिढि यति ठुलो एक त थकाई लागेको तर पनि धरहरा माथिबाट पुरै काठमाडौँ आउने गरी फोटो खिच्यौँ । धरहरा तल ओर्लेर चारैतिर घुमघाम र फोटो खिच्यौँ त्यसपछि धरहरा नजिकैको सपिङ मलमा ३–४ वटा सर्ट पाइन्टहरु खरीद गर्यौ र एक मःम सेन्टरमा खाजा खाई लजमा फर्किने बेला हरिवंश अचाईको चिना हराएको मान्छे किताब किनि कलंकिको बसमा बस्यौँ फर्किने बेलामा एक अकाशे पुलमा अचानक आखाँ प¥यो त्यहाँ व्यानरमा भुक्मप जादा आपनाउनु पर्ने सर्तकताको बोड थियो त्यसबोड पढदै थिए बोर्डमा भुकम्प जादाँ अगुल्टो परि बस्नु पर्ने बताएका थिए ।
    महाभुकम्पको एक दिन अगाडी लिएको 
    धरहराको तस्बिर । 
     रातिको खाना खाई सुत्यौँ विहान आखाँ खोल्नु भन्दा अगाडि माधुरी र कविता जी पशुपतिनाथको मन्दिर जान तयारी भईसकेकी थिईन । मलाई फोन गरी तयारी हुन भनिन म पनि तयारी हुन लागे भाई नविनलाई फोन गरे तयारी भई पशुपती आउनलाई तयारी भई निस्कदा कविता जी को टाउको ढोकामा ठोकियो उनी भन्दै थिई राति पनि नराम्रो सपना देखे र आज विहानै यस्तो भयो केही नराम्रो हुन्छ जस्तो लाग्दैछ । उनको कुराको वास्ता नगर्दै हामी पशुपति दर्शन गर्न गयौ । 

    महाभुकम्पका दिन पशुपति नाथ दर्शन गर्नेको भिड ।
    यति लामो लाईन लागेको एक सुरक्षाकर्मि भन्दै थिए शनिवार भएपनि यति मान्छेको भिड हुदैन्थ्यो तर आज निकै भिड छ, ती सुक्षाकर्मीलाई लाईन लगाउनै धै÷धै परिरहेको थियो । म पनि लाईनमा बसे र दर्शन गरि केही फोटोहरु लियौँ । लज आई पुग्दा ११ः३० भईसकेकोले लज छोडनुपर्ने थियो । काउन्टरमा खाना तयार गर्न लगाए र हामी आ–आफ्नो रुममा समान प्याक गर्न लागेयो । म आफ्नो रुमको झयाल अगाडी राखेको टावेल उठाउन खौज्दै थिए अचानक जोड ÷ जोडले घर हल्लीन थाल्यो झयाल म आफै सम्हलीन झयालको रड समाते झयालबाहिर आखै अगाडी धमाधम घरहरु भत्कदै थियो म निकै डराए र छेउकै कोठामा बसिरहेकी माधुरी र कविता जीलाई हेरे घरको भितामा ठोकिदै आफुलाई सम्हाल्न खोज्दै थिईन सम्हलीन सकिरहेकी थिईनन् ।


    भुकम्पका बेलाको काठमाडौँ । 


    त्यहिबेला भुकम्पबाट बच्ने व्यानर याद आयो मैले दुवैजनालाई घुढा टेकि बसाए र संगै हामी निस्कन खोज्यौँ तर भुक्मपको कमपनले सकिरहेका थिएनौँ भनले मानेनन्  दुवैजनालाई रुमबाट बाहिर निस्कन भने हामी ४ तल्लाबाट दैडदै निस्कयौ सिढिभरि राखिएको ग्यास सिलिण्डर, पानिका बोतेलहरु छरिएका थिए । तल्लो तल्लामा घरका बाजे भान्छामा लडिरहेका थिए घर चर्किएर ढल्न लागेकोले ढोका खोल्न सक्स हुदा पनि खोले र उनलाई बाहिर निकाले आफुपनि बाहिर निस्के बाहिर निस्कदा चराहरु जोड, जोडले कराउदै थिए हाम्रो अगाडी ठुल,ठुला घर भएकाले घर नभएको ठाउँ खोज्दै थियो तर भेटिदैन्थ्यो आखै अगाडी पुराना घरका पर्खालहरु ध्वस्त हुदै थियो । जोड जोडले बम झै भुकम्पको आवाज आउदै थियो । बाच्न सक्छौँ सक्दैनौँ आकलन गर्न सकिरहेका थिएनौँ ।  हामी बसेको छेउकै एभरेष्ट लज ६० डिग्रीको कोणमा ढलीसकेका थिए । बाहिर कलंकीको रोडमा निस्कन त्यहि एउटा बाटो भएकोले ज्यान बचाउन निस्केर रोडमा जाऊ भनि कसैको आट आईरहेको थिएन् । यतिका ठुलठुला घरहरु कहाँ जाऊ नजाऊ ५ फिट ५ मिटरको बाटोमा सकस गरी ४०–४५ जना उभिएका थियौँ । फोन लगाउदाँ फोन नलाग्ने धेरै प्रयासपछि आ–आफनो घरमा फोन गर्यौ हामी सुरक्षीत छौ । तपाईहरुपनि सुरक्षीत हुनु भन्दै थियौँ ।
    ज्यान बचाउन कलंकि सडकमा ओर्लिएका मानिसहरु । 
    ज्यान बचाउन कलंकि सडकमा ओर्लिएका मानिसहरु । 
    पटक पटक भुकम्प आउने जाने त्रासले कमि भएन् । डराई डराई कलंकीको मेन रोडमा गयौँ जहाँ हजारौँ मानिस ओर्लेका थिए ।
    कलंकि सडकसँगै रहेको सहिद मेमोरियल अस्पतालमा भुकम्पबाट घाईतेको भिर । 
    नजिकै रहेको सहिद मेमोरीयल अस्पतालमा एक पछि अर्को गर्दै छिनमै एक सय भन्दा बढी घाईतेले अस्पतालको बेड हुदैँ सडकको पेटी समेत भरियो ।

    सम्पुर्ण गाडीहरु रोकी सहयोग गर्दै प्रहरी 
    पटक पटक आउदै गरेको भुकम्पका बेला प्रहरीले सम्पुर्ण गाडीहरुलाई रोकी सहयोग गर्दै थिए । विहानै वीरगंज जानका लागि चेन्नई एक्सप्रेसमा ३ वटा सिट बुक गरेकाले हामी फेरी टिकेट कनफर्म ग¥यौ त्यहिबेला शिवजी गुप्ता (एमालेका नेता) को फोन आयो मेरो लागि पनि एउटा टिकेट राख्न लगाउन भन्नु भयो मैले गाडीवालालाई फोन गरी फेरी एउटा टिकेटको लागि अनुरोध गरे । ६ः३० बजेको करीबमा शिवजी दाई आउनु भयो हामी ४ जना भयौँ गाडीको लागि मकालु पेट्रोल पम्प अगाडी कुर्दा–कुर्दै साढे सात बज्यो मैले पुनःफोन गेर सोध्दा ट्राभल्सबाट जवाफ आयो आज नेपाल सरकारले नै यस्तो विपतीको बेलामा गाडी नचाउन भन्दै उपत्यका बाहिर जान आउन सवारी साधनमा रोक लगाएको भन्दै बस नजाने सुनाई फोन राख्यो । हामी अझै विचल्ली भयौ कता जाने नजाने अनजान सहरमा कविता जी को मामा घरबाट दिउसौँ कति औँ पटक फोन आएको थियो तर सितापाईलामा कविता जीले घर यकिनका साथ नदेखेकाले जाने नजाने अलमलमै थियौँ । यस्तै गाडी नपाएकोले समेत जान सम्भव भएन । त्यतीकै अलमलका बेला शिवजी दाईले हामीलाई खुल्ला चौरमा बस्नु पर्छ । राति पनि भुकम्प जान सक्ने भएकाले हामी सचेत हुनु पर्ने भन्दै कलंकीको छेउमै हिनेर जान सक्ने किर्तिपुर स्थित त्रिभुवन युनिभरसिटिको खाली जग्गा छेउमै छ त्यहीँ जाने सोच बनायौँ दाईले फोन गरि आउदैछु भनि जनकारी गराउदै हामी किर्तिपुर तिरै लाग्यौँ । समान बोक्दै अन्कन्टर अध्यारो र भुकम्पको त्रासमा रेडियो सुन्दै जादैँ विच बाटोमै हुदा कतिऔँ पटक भुकम्प गयो रेडियो बाटै थाहा पायौँ । 
    हामी ८ः३० बजेको करिबमा किर्तिपुर स्थित एक गलीमा शिवजी दाईको दिदि घर पुग्यौँ उहाँहरु बाहिरै वसिरहनु भएको थियो सबैले आ–आफनो समान राख्नु भयो मैले आफनो झोला राखिन् ल्यापटपबाट मोबाईल चार्ज गर्छु भनि साथमै लिएर त्रिभुवन युनिभर्सिटिको चौरतिर लाग्यौँ । चौरमा सयौँ परिवारले पाल टागीँ बसेका थिए । हामी पनी खुल्ला चौर खाल्डो खुल्डो भएको खाली खेतमै बस्यौ ।  शिवजी दाईको भान्जाले दुईटा ओछयाउने दरी र दुईवटा सिरक ल्याईदिए । हामी केही विस्कुट र पानी खाए पल्टयौ । छिन छिनमै भुकम्प आउदाँ उठथ्यौ, भाग्थ्यौ फेरी पल्टिन्थयो । नजिकै १ लाख ३२ हजार भोल्टको हाईटेन्सन तार रहेकोले भुकम्प आउदा पोल झ¥यो भने हामी च्यापीने डरले रातभरी न सुती भुकम्पको क्रासमा उठने बस्ने निरन्तर भईरहयो ।
    महाभुकम्पमा भोक–प्यासै किर्तिपुरको खुल्ला चौरमा ज्यान जोगाउन बसेका पत्रकार । 
    विहान ५ बजे लग्तै गएको भुकम्पले अझै बाचिन्छ भन्ने आस पलाएनन् यतिका त्रास दियो पटक पटक मार्न खोज्यो भुकम्पले हामी बसेको ठाउँबाटै डल्दै गरेका घर तथा पर्खालहरु सहजै देखिन्थ्यो । 
    करिब १२ बजे शिवजी दाईको भान्जाले केही खानेकुरा लिएर आए हामी चारैजना २ दिन देखि भोकाएकाले संगै बाटिचुटि खायौँ लग्तै १ बज्न लाग्याथ्यो फेरी शनिवार झै ठुलो भुकम्प आयो ज्यान बचाउन् सब छोड छाड गरी माथिललो तिरको खेतमा दैडियौ आधि घण्टापछि फेरी आफ्नौ ठाँउमा आएर बस्यौ । स–साना रुखको छहारीमा सितल हावा चल्दा पनि यि हावाले पलपल मार्दैथिए । 
    त्यतीकै बेला दुई मधेशी मुलकि महिला काखमा ३–४ वर्षको बच्चा च्याप्दै भुकम्पमा बच्चाले विहान देखि केही खान नमानेको सुनाउदै हामी बसेको ठाउँ भन्दा यहाँ शितल छ भन्दै हामी नजिकै आएर बसिन । मैले यहि बस्नु भनेर आफु बसेको दरी दिए र बच्चालाई फ्रुटि खानलाई देखाए बच्चाले मेरो अनुहार चियाउदै मेरौ काखमै आएर बस्यो । फ्रुटि खोलि दिए दुई सुरमै सबै फ्रुट्रि सकाई दियो । खेलाउदै थिए उनकी आमाले तपाईसंग कस्तो बच्चा मानेको भन्दै आफुले ल्याएको विस्कुट दियो बच्चालाई तर बच्चाले खान मानेनन् । मैले झोलामा राखेको चकोपाई विस्कुट झिक्दै खुवाए बच्चाले गमगम खाए । उनी आमासंगै आएकी अर्कि महिलाले बोतलमा राखेको दुधको पाउच खुवाउन खोजे खाएनन उनको हातबाट मैले लिएर खुवाउदा मज्जाले मलाई चियाउदै खाए पेट अघाएपछि आफनो आमाको काखमा गएर तिनिहरु हामी जान्छौँ अंकललाई बाई गर्देऊ भन्दै ति बच्चाले हाल हल्लाए । उनकी आमा संगै गए । 
    केही क्षणपछि समय काटन माधुरी र कविता जिले पालै पालो हरिवंश अचाईको चिना हराएको किताब पढदै थिई शिवजी दाई पानि खोज्न जानु भएको थियो फेरी भुकम्प आयो कति औ ठुलठुलो भुकम्प आएकोले सानतिनो भुकम्पले खासै भाग्न मन लागेन तर अब साझ पर्न लाग्यो ठाँउ परीवर्तन गरी अझै माथिल्लो खेततिर गयौँ । हल्का फास्ट फुड चाऊचाऊ, ल्याज, विस्कुट आदि किन्न म, माधुरी, कविताजी गयौँ तर ल्याज र विस्कुट मात्रै पायो पानि पनि पाएन पानि नपाएकोले स्प्राईट लियौँ र फर्कयौँ । आफनो घर ढुङ्गाको सिरानी घासको डसना भएको ठाउँमा ।
    महाभुकम्पमा भोक–प्यासै किर्तिपुरको खुल्ला चौरमा ज्यान जोगाउन बसेका बायाँ शिवजी गुप्ता ।
    खुल्ला आकासमा चियाउदै थियौ रेडियोले विहानै मौसम बदली भई पानि पर्ने भनेको थियो । आकासमा कालो बादल लाग्यो रातिको ८ः३० बजेको करीबमा झम झम पानि पर्न थाल्यो हामी पाल भएका व्यक्तिहरुसंग सहयोग माग्न थाल्यौँ, तलतिर भएका १५÷२० जना पाल टागी सुतिरहेका व्यक्ति कहाँ गयौँ कसैले ठाँऊ छैन भन्थे कसैले हामी कहाँ आफै खुटटा अटिराखेको छैन भन्दै अन्तमा मधेशीलाई नि बस्न दिने छैन सिधै भन्थे । दिमागमा केहि सुझिरहेको थिएन त्यस्तै क्रममा तिनै महिला कहाँ गए जो मधेशी मुलकी थिईन जसकी छोरालाई मेरो काखमा बसाई मैले फ्रुटि, विस्कुट खुवाएका थिए उनका श्रीमान र उनी स्वयमले भनि यहाँ महिलाहरु छ, कहाँ मिल्छ, हुदैन यहाँ शिवजी दाईले आग्रह गरे कमसेकम यि दुवै बहिनिलाई त ओत लाग्न दिनु तर मानेन उनिहरु सिधै भनिन कस्ता मधेशीया हुन्छन महिलाहरु छन् भन्दा पनि नबुझने जवाफ फर्कायो । कति सम्म सम्बेदना हराएका काठमाडौँमा बस्दै एकै समुदायका मानिस बेग्लै बेग्लै समुदाय र देशकी भईसकेकि !
    हिम्मत नहारी अरुले पाल टागेकोमा गयौ तर कोई कसैले हुन्छ आउनुस जे छ, त्यसैमा बसैला भनेनन् अन्तमा हामी त्रिभुवन युनिभरसिटिको एक दुई तल्ले ठुलो गोदाममा पुग्यौ त्यहाँ भित्र चुरोट खाइरहेका एक व्यक्तिलाईहेरे हामीलाई हेर्ने वितिकै ऊ चुरोट निभायो मैले बोलाए दाई एक छिन ढोका खोल्नुसन अलिकता भएनी ओत लागन दिनुसन । ति व्यक्तिले सुनेनन हामी त्यतीकै गोदामको छेउमा आधि जिऊ भिज्दै थियो एक छिन ओत लाग्यौँ । २ वटा मात्रै डासना र सिरक भएकाले एकमा माधुरी र कविता जी एकमा शिवजी दाईले ओढेका थिए । मलाई भन्दै हुनुहुन्थयो शिवजी दाईले आउ यसैमा मिलेर ओढौँ  तर मैले बोकेको व्याग्ले पुरै भिज्दैथियो सिरक पनि भिज्छ भनेर ओढिन सबै पानी र हावाले थुर थुर काम्दै थिए म पनि काम्दै अरु ठाउँमा ओत लाग्ने खोज्दै थिए एक ठाउँ भेटियो एक तल्ले भवन एक कोठा भएको पछाडी तिर शौचालय अघिल्ल तिर स्टोर त्यहाँको अघिल्लो तिर छानोमा ओत लाग्यौँ झमझाम पर्दै गरेको पानीले केही मात्रामा भएपनि छानोले भिज्नबाट बचाउन सकिरहेको थिएन । स्टोरको ढोका अगाडी ५÷५ फिटको खाली बरन्दामा ३,४ जना महिला, बच्चा र एक बुढी आमा ठाउँ भएपनि सुतिरहेकि थिईन, मैले माधुरी र कविता जीलाई भने तपाईहरु बस्नु तर उनिहरु मानिरहेकी थिईनन् बस्न मानोस पनि कसरी १५–२० जनासंग अपहेलीत भएका तिनीहरुलाई झपारेरै भएपनि बसाए बसिन । अघिल्ल तिरको छानोमा शिवजी दाईलाई बोलाए भुकम्प आउछ हामी सबै पुरीन्छौ भन्ने डरले दाईले आउन मान्न भएन । म पुरै भिजिसकेका थिए माधुरी र कविता जीले यहिँ बस्नु भन्नु भयो आधिभन्दा बढी भिजिसकेको शिरक मैले ओढे त्यही फालाफाल गरि ओछयाएर राखेकि ति महिलाहरुको बलान्केट तानेर दुवैजनालाई ओढन लगाए । म भिजेकै सिरक ओढी छेउमै बसे पटक पटक भुकम्पको धक्का भईरहेकोले आफ्नै नेपालीबाट अपहेलीत भएर आएकाले आखाँ रसाउदै गरेकाले ति भुकम्पहरुले मलाई केही असर गरिरहेका थिएनन् । सब भाग्न खोज्थ्यो म त्यहि बसिरहन्थे यस्तै दुई तिन पटक भयो । केहि समय शान्त भएपछि संगै अघिल्लतिर सुतिरहेकी बुढी महिला जो परालाईसिसले अशक्त दिई उनलाई उनका बुहारीले एकलै उठाउन सकिरहेकी थिईनन । मैले उठाएर पिसाब गर्न सहयोग गरिदिए रात छिप्पीदै गयो भुकम्पको धक्का पटक पटक हुदैथियो । त्यहि बसेकी महिलाकी श्रीमान भईनजेल केही बोलिन्न सहयोग गर्दा आफनौँ सम्झेको जस्तो लाग्ने ति महिलाका श्रीमान एकैछिन बाहिर जाने वितिकै ‘कहाँ कहाँबाट आएर हाम्रो ठाउँमा मधेसीया बस्यो लाजै नभएको अरु बसेको ठाउँमा कोहि बस्छ त ? लाजै नभएका मधेसीयाहरु जस्ता शब्दहरु मनभरि बर्साए । धेरै थकीत भएकाले भिजेकै सिरकमा कतिखेर निदाएको म यि कुराहरु सुनिन । न त शिवजी दाइले सुन्यो धेरै जाडो भएकाले दाईले जिउमा गर्मी ल्याउन कत्यहीको फिल्डमा दौडिन गएका थिए । विहान जे जसो भएपनि हामी घर जान्छौँ भनेर हामी बल्खु जाने बेला माधुरी र कविता जीले सुनाइन । 
    हामीले समान राखेका दिदि कहाँ गयौँ उनि बस्ने डेरको घरपनि आधि भत्किसकेका थिए । हामी समान लियौँ र बल्खु लाग्यौ । त्यहा हजारौँको भिड थियो । एउटापनि गाडी भेटाउदैन्थ्यो करीब २ घण्टा वितिशक्यो । वीरगंजमा भएका आफना लगायत सबैलाई गुहार्यौ कति न कतिऔँलाई फोन गर्यौ । कोहि कोहि वीरगंजबाटै गाडी लिएर आउने तयार भए पछि, खोज्दा खोज्दै एक टाटा सुमो रिजर्बमा जान भनेर भेटियो तर ३५ हजार लाग्छ भन्यो । तर पुरै पैसा यहि नै दिनुपर्ने बतायो ।
    हामी हुन्छ भन्दै शिवजी दाईले मेरो भतिजाहरु आउदै छ, हामी १० जना हुन्छौँ सबैले आ–आफनो खल्तिबाट पैसा झिक्यौँ पुरा जम्मा जम्मी २० हजार मात्रै  पुग्यो । सुमो बालाले पुरा पैसा दिए मात्रै जाने भन्यो जति विश्वास दिलाउन खोज्दा मान्दै नमान्ने । 
    हामी १० सै जना निरास भयोँ काठमाडौँमा भएका एटिआम पसलहरु बन्द चिनजानको को–को छ भन्ने बुझन थाल्यौँ । 
    अन्तमा कविता जीको आमाको एक जना छिमेकीको फोन नम्बर वीरगंज रहनुभएका शिवनाथदाईले दिनुभयो । त्यसपछि केहि छिनमै उहाँ आउनु भयो कविता जिको मामा पर्ने उहाँलाई भोगेका केहि कुरा सनाउदै हाम्रो समस्या बताउदा १५ हजार भएपनि सापटि दिनुस भन्दा मामाले हुन्छ तर यहाँ छैन तेरो माईजुसंग छ, हिन भन्नु भयो कविता जिले मामा घर कहा न कहाँ छ भन्दै थिईन तर मामाले हैन धेरै टाढा हैन यि यहि पुलपारी छ किन यति नजिक सोध्दा मामाले मुस्काउदै सहजै तरिकाले भन्नुभयो घर भत्कीयो पाल टागी हामी बस्याछौ । यहि स्टार होस्पिटल अगाढी छ हिड म अच्चमीत हुदै तिनै जना पैसा लिन गयौँ । माईजु र उनका छोरा, छोरीलाई भेटि पैसा लिदै आयौँ । काउन्टर नजिकै रहेको पसलमा १५ रुपैया पर्ने चाउचाउ ३५ , २० रुपैया पर्ने पानि ४५, १० रुपैया पर्ने ल्याज २५ रुपैयामा तिरि केहि खानेकुरा लियौँ ।  सबै पैसा ३५ हजार टाटा सुमोवालाका काउन्टरवालालाई दियौँ उनले ड्राईभरलाई पठाए हामी ड्राईभरलाई पुरा कुल भएर चलाउन भन्यौ उनले वीरगंज आउन माथिल्लो बाटो राम्रो भन्दै यात्रा सुरु गर्यौ । बिच बाटो भरि ठुलठुलो ढुङग हटाउदै, र पहाड खसेको ठाउमा पर्खदै डोजरले हटाउदै थिए ।
     हामी सिमरा आई पुग्दा ट्राफिकले रोकी कतिमा रिजर्ब गरेको बढीमा हो भने हामी पैसा फिर्ता गराउछै भन्दै थियो । शिवजी दाईले झुटो बोल्दै होईन चिनेजानेको हो ५ हजारमा मात्रै ल्याएको भन्नु भयो केहि छिनको सोधपुछ पछि टाटा सुमोलाई छोडिदियो । मैले शिवजी दाईलाई सोधे दाई किन झुटो बोल्नु भएको हाम्रो पैसा फिर्ता हुन्थयो नि उहाँले भननु भयो मानव संवेदना गुमेकाले उनीहरु पशु सम्झे हामीलाई हामीले किन उनि जस्तै व्यवहार गर्ने यस्तै गर्यौ भने हामी र उनिहरुमा के फरक रहयो । मैले त्यति बुझन सहिन जितपुर आई पुग्दा रेडियाले तपाई भएको ठाउमा फसेकालाई तपाई आफैले पनि निकाल्ने प्रयास गर्नु भन्दै प्रत्येक ५ मिनेटमा भन्दै थिए । त्यसपछि बुझे कतिको मानिसक संवेदना हराएका छन् । 





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भुकम्पले भन्दा आफ्नौले पटक - पटक मारे, महाभुक्पबाट बाचेर आएका वीरगंजका ३ पत्रकार र एक नेताको भोगाई । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top