-

  • नयाँ खबर

    29 April, 2015

    काठमाडौं बाहिर जान निशुल्क बस : कहाँ कसरी सम्पर्क गर्ने ?



    काठमाडौं, वैशाख १६ – भूकम्पको कारण घर फर्किने यात्रुका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । सरकारले उच्च माध्यामिक विद्यालय संघ, प्याब्सन र एनप्याब्सनले ५ सयवटा बसको व्यवस्था गरेका हुन् ।
    काठमाडौंबाट इटहरी र बुटवलसम्म जानेका लागि बस तीनकुने माइतीघर सडक खण्डबाट छुट्ने र गन्तव्यस्थलसम्म निःशुल्क पुर्‍याइने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।
    यस्तै धौलागिरी अञ्चल यातायात बस व्यवसायी सञ्चालक समिति बागलुङले बुधबार र बिहीबारका लागि निःशुल्क बस चलाउँदैछ । काठमाडौंको गोंगबुमा रहेको ३२ र ४० नम्बरको टिकट काउन्टरमा सम्पर्क गर्न समितिले आग्रह गरेको छ । 
    यस्तै गोरखा रामेछाप, कास्की र स्याङजा जानका लागि पनि बुधबार निःशुल्क बसको व्यवस्था मिलाइएको छ । त्यस क्षेत्रमा जानेले बसका लागि ९८५१०२७२९७ मा सम्पर्क गर्न सक्ने यातायात व्यवसायीले बताएका छन् ।
    काठमाडौंमा रहेका झापाका बासिन्दालाई लैजान दमक नगरपालिकाले ३५ वटा बस काठमाडौं पठाइएको छ । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले कलंकी र बसपार्कमा निःशुल्क बस सेवा लेखिएको व्यानर सहित ५० वटा गाडी सेवाका लागि राखिएको जनाएको छ ।
    सरकारले निःशुल्क बसको व्यवस्था गरेपछि यात्रुले केही राहत महसुस गरेका छन् । यसैबीच धेरैजसो चालक भूकम्प प्रभावित जिल्लाका भएकाले अहिले चालकको समस्या भएको महासंघले जनाएको छ ।
    महासंघका अनुसार प्रभावित क्षेत्रका चालक गाउँ गएकाले गाडी भएपनि त्यहि अनुसार चालक छैनन् । तर यात्रुलाई सेवा दिनको लागि आवश्यक व्यवस्था मिलाइएको महासंघले जनाएको छ ।

    सोर्स-उज्यालो अनलाईन




    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: काठमाडौं बाहिर जान निशुल्क बस : कहाँ कसरी सम्पर्क गर्ने ? Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top