-

  • नयाँ खबर

    30 April, 2015

    उद्धार र उपचारमा १५ देशका १० हजार उद्धारक सकृय


     


    काठमाडौं, वैशाख १७ – नेपाली सेना तथा नेपाली सुरक्षा निकायको कमाण्डमा भूकम्प प्रभावित क्षेत्रमा खोजी र उद्धारको लागि विश्वका विभिन्न १५ देशबाट आएका टोलीमा संलग्न करीब १० हजार बिदेशीहरु दिनरात नभनि काम गरिरहेका छन् ।  

    भूकम्पबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य शिविर सञ्चालन र राहत कार्यमा सहयोग पुर्‍याउन अहिले नोपलमा भारत, चीन, पाकिस्तान, श्रीलंका, टर्की, बंगलादेश, इजरायल, नेदरल्यान्ड, भूटान, पोल्यान्ड, अमेरिका, जापान, मलेसिया, फ्रान्स, स्पेन र सिङ्गापुरबाट ‘रेस्क्यू टीमहरु’ नेपालका भुकम्पले सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, धादिंग, दोलखा, रामेछाप र रसुवामा सकृय छन् । नेपाली सेनाको संयोजनमा ती उद्धार टोली विभिन्न जिल्लाका प्रभावित क्षेत्रमा हरेक दिन १५ घन्टासम्म खटिन्छन् । उद्धार तथा खोजीका लागि टर्कीको विश्व विख्यात एउटा टोली नेपालमा छ भने फ्रान्सको टोली माटो, ढुंगो तथा घरले पुरिएकाहरु जिवीतै छन् कि छैनन् भनेर पत्ता लगाई उध्दार गर्ने काममा सकृय छ । 
    भारतबाट आएका २७ टोलीमध्ये १५ वटा टोली उपचारका काममा छन् भने १२ वटा टोलीले उद्धार तथा  खोजीको काम गर्दैछन् । भारत सरकारले भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि सातवटा एमआई १७ सहित ११ वटा हेलिकोप्टर उपलब्ध गराएको छ । 


    त्यस्तै, चीन सरकारले उपलब्ध गराएको ८ वटा मध्ये छ वटा टोलीले उद्धारको काम र दुईटा टोलीले उपचार सेवा पुर्‍याइरहेको छ । भूकम्पबाट ११ जिल्ला निकै प्रभावित रहेकाले नेपाली सेनाको नेतृत्वमा विदेशी उद्धार टोलीहरु यिनै जिल्लामा परिचालित छ । उपचार एवम्  उद्धार र खोजीको काममा नेपाललाई सहयोग गर्न पाकिस्तानले तीन उद्धार र दुई उपचार टोली पठाएको छ । श्रीलंकाले एक उपचार टोली, टर्कीले कुकुरसहितको दुई उद्धार टोली, बंगलादेशले एक उपचार टोली पठाएको छ । 
    इजरायलले मोबाइल अस्पताल र विशेषज्ञसहितको २४ जनाको उपचार टीम पठाएको छ भने १६२ को टोलीले उद्धारको काम गरिरहेको छ । नेदरल्याण्डबाट ६२ जनाको उपचार र उद्धार, भुटानबाट ६२ जनाको उपचार, पोल्याण्डबाट ८१ जनाको उद्धार र उपचार, अमेरिकाबाट २५ जनाको औषधिसहितको उद्धार टोली आएको छ । 
    सिंंगापुरबाट भूकम्पमा परेर समस्यामा परेका नेपालीलाई उद्धार र सहयोग गर्न १ सय ६ सदस्यीय टोली आएको छ । विदेशी मुलुकबाट आएका टोलीलाई नेपाली सेना लगायतका सुरक्षाफौजबाट आवश्यक समन्वय र सहयोग भइरहेको छ ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: उद्धार र उपचारमा १५ देशका १० हजार उद्धारक सकृय Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top