-

  • नयाँ खबर

    15 September, 2015

    संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले महासंघ गम्भीर

    पर्साको पिडारी स्थित ओरिया खोलामा बालुवा तस्करको समाचार संकलनको क्रममा भाग्दै लडदै गरेका कान्तिपुर दैनिकका पत्रकार भुषण यादव । तस्बिर ः जियालाल

    भदौँ २९ वीरगंज
    बिगत एक महिनादेखि जारी आन्दोलनका क्रममा संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले
    नेपाल पत्रकार महासंघ पर्सा शाखालाई गम्भीर बनाएको छ ।
    समाचार संकलनका क्रममा एभीन्यूज टिभीका वीरगन्ज क्षेत्रिय ब्यूरो प्रमुख राजु श्रेष्ठ तथा संवाददाता जीयालाल साह, कान्तिपुर दैनिक सम्वाददाता भुषण यादवलाई आक्रमण गरिनु, पत्रकार जगत राईमाथि राज्य पक्षका सुरक्षाकर्मीबाटै दुब्र्यवहार गरिनु तथा राष्टिय फोटो पत्रकार समूहका केन्द्रीय उपाध्यक्ष राम सरार्फको घरमा पेट्रोल बम प्रहार भएको घटनाले पत्रकार महासंघलाई गम्भीर बनाएको छ । आन्दोलनका क्रममा कुनैपनि बाहनामा संचारकर्मीमाथि भएका यस्ता घटनाको पत्रकार महासंघ पर्सा शाखा आपत्ति प्रकट गर्दै पत्रकारहरुको भौतिक सुरक्षाको सवालमा गम्भीर र जिम्मेवार बन्न समेत स्थानीय प्रशासनसँग माग गर्दछौं । साथै,अहिलेको भिषम राजनीतिक अवस्थामा संवेशिल,गम्भीर र जिम्मेवार भएर पत्रकारिता गर्न समेत सबै संचारकर्मीहरुमा पत्रकार महासंघ पर्सा शाखा आग्रह गर्दछ ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: संचारकर्मीहरुमाथि राज्य र गैर राज्यपक्षधरले नियोजित रुपमा आक्रमण गरिरहेको घटनाले महासंघ गम्भीर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top