-

  • नयाँ खबर

    09 September, 2015

    स्कर्टिङ गरी ल्याएको ग्याँसमा पनि कालाबजारी

    वीरगंज, २3 भदौ/    
        प्रतिसिलिन्डर ७० रुपियाँ बढी लिएर बिक्रेताले ग्याँस बेच्न थालेपछि उपभोक्ताले प्रहरीलाई खबर गर्‍यो। 
        मङगलवार बिहान वीरगंज–६ स्थित जय माँ दुर्गा इन्टर प्राइजेजले प्रतिसिलिन्डर १४ सय ५० रुपियाँ असुलेर  खाना पकाउने ग्याँस बिक्री गरिरहेको थियो। पछिल्लोपटक ग्याँसको भाउ घटे पछि ग्याँसको बिक्री मुल्य प्रतिसिलिन्डर   १३ सय ८० भएको कुरा उपभोक्ताले बताउँदासमेत बिक्रेताले स्कर्टिङगमा ल्याउँदा मूल्य बढी परेको भन्दै अटेर गरी बढी मूल्य असुलिरहेका थिए ।    “लान मन छ भने लैजाऊ, नत्र चुप लागेर जाऊ, ग्याँस छैन।” इन्टरप्राइजेजका सञ्चालक तथा बिक्रेताको ठाडो जवाफ थियो। कालो बजारी भइरहेकोबारे उपभोक्ता मध्येकाले प्रहरीलाई खबर गर्‍यो। वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी नायब निरीक्षक रमेश रेग्मीको नेतृत्वमा करिब एक घण्टा पछि प्रहरी टोली बिक्रीस्थलमा पुगेको थियो।
        इन्टरप्राइजेजका सञ्चालकले प्रहरीको कुरै सुन्न चाहेन। कम्पनीले नै बिक्री मूल्य १४ सय ५० तोकेको छ भन्दै उसले ग्याँस बेचिरहयो।
        पछि प्रहरी नायब निरीक्षक रेग्मीले ‘अटेर गरे नियन्त्रणमा लिएर कालाबजारीबापत मुद्दा चलाउने’ चेतावनी दिएपछि मात्रै बिक्रेता केही हच्कियो र १३ सय ८० को दरमा बिक्री गर्न थालेको थियो। प्रहरीले बिक्रेतालाई कारबाई बिना नै छोडेको भन्दै उपभोक्ताले विरोध जनाएका छन्।
        प्रहरीले चेतावनी दिने बेलासम्म धेरै जना ग्राहक ठगिइसकेका प्रत्यक्षदर्शी  रमेश गुप्ताले प्रतीकलाई बताए। बढी मूल्य तिरेका उपभोक्ताहरूलाई साँझसम्म इन्टरप्राइजेजले बढी रकम फिर्ता नगरेको उपभोक्ता तपेश्वर नाथले जानकारी
    गराएको छन्।
        उक्त इन्टरप्राइजेजलाई मङगलवार राति प्रहरीले नै स्कर्टिङग गरेर ग्याँस ल्याइदिएको हो। स्कर्टिङग गर्दा अतिरिक्त कुनै शुल्क नलागेको सुरक्षास्रोतले जनाएको छ। ग्याँस बिक्रेताले प्रहरीकै अगाडि कालाबजारी गर्दा पनि कारबाई नगरी छोड्दा उनीहरूको मन झन् बढ्ने हुँदा कारबाई चलाउन माग  छ। 


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: स्कर्टिङ गरी ल्याएको ग्याँसमा पनि कालाबजारी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top