-

  • नयाँ खबर

    14 September, 2015

    यसरी पारित भयो स्पष्टीकरणसहितको धर्म निरपेक्षता

    कमल थापाको पक्षमा २१ जना मात्रै उभिए

    २८ भदौ, काठमाडौं । नेपाली राजनीतिमा चर्को विवादको विषय बन्दै आएको ‘धर्म निरपेक्षता’ लाई अन्ततः सोमबार बिहानको संविधानसभा बैठकले संशोधनसहित पारित गरेको छ ।
    ऋब(ःभभतपारित भएको मस्यौदाको धारा ४ मा रहेको ‘धर्म निरपेक्षता’को व्याख्यास्वरुप अब स्पष्टीकरण थप भएको छ ।
    धारा ४ मा नेपाल राज्य शीर्षक अन्तरगत भनिएको छ( ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वंभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मूख, गणतन्त्रात्मक, बहुजातीय राज्य हो, जसलाई संक्षेपमा नेपाल भनिने छ ।’
    धारा ४ को स्पष्टीकरणमा अब यस्तो लेखिने भएको छ(‘धर्म निरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्दछ ।’
    कोको उभिए विपक्षमा रु

    संविधानमा धर्म निरपेक्षता राखिनु हुन्न भन्दै कमल थापा, दीपक बोहोरा, भाष्कर भद्रा, कुमार खड्का लगायतले छुट्टाछुट्टै संशोधन प्रस्ताव पेश गरेका थिए । तर, उनीहरुका प्रस्तावहरु बहुमतले अस्वीकृत गरेको छ ।
    धर्म निरपेक्षताको साटो हिन्दु राष्ट्र भनिनुपर्छ भन्ने कमल थापाले राखेको प्रस्ताव बहुमतले अस्वीकार गरेपछि थापाले उभिएर मत विभाजनको माग गरेका थिए । तर, मत विभाजनका लागि ६१ जना सदस्य आवश्यक पर्नेमा कमल थापाको प्रस्तावको पक्षमा २१ जना सभासदमात्रै उभिएका थिए ।
    संविधानको धारा ४ माथि संशोधन प्रस्ताव राख्नेहरुमा हरिचरण साह, विश्वेन्द्र पासवान, रुक्मिणी चौधरी लगायत थिए ।
    धर्म निरपेक्षतामा स्पष्टीकरण थप्नका लागि तीन दलका तर्फबाट चीनकाजी श्रेष्ठले पेश गरेको संशोधन प्रस्ताव बहुमतले पारित गरेपछि अब नेपाल धर्मनिरपेक्ष राष्ट्र हुने पक्कापक्की भएको हो । By Onlinekhabar.com

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यसरी पारित भयो स्पष्टीकरणसहितको धर्म निरपेक्षता Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top