-

  • नयाँ खबर

    11 September, 2015

    आन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या

    बिहान मात्र मुस्किलले बाँचेका थिए विक

    २५ भदौ, महोत्तरी । 
    महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् । महोत्तरीस्थित सशस्त्र प्रहरीका एसपी धिरेन्द्र पाण्डेले घटनाको पुष्टि गरेका छन् ।
    महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।
    उनलाई उद्धार गरी जिल्ला अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि एम्बुलेन्समा राखेर जानकपुर लैजाने क्रममा उनको आन्दोलनकारीले हत्या गरेका छन् ।
    मुल सडकमा ठाउँ ठाउमा अवरोध भएका कारण एम्बुलेन्स सहायक सडक मार्गबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अड्कियो । प्रहरीलाई जनकपुर लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेका रहेछन् ।
    कल्भर्टमा एम्बुलेन्स अड्किको मौकामा आन्दोलनकारी पुगेपछि एम्बुलेन्समा भएकाहरु भागे । गम्भीर घाइते असई थमनबहादुर पनि भाग्न खोजे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी असई विकको हत्या गरेका छन् ।
    आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । असई विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको एसपी चन्दले अनलाइनखबरसँग बताए ।
    बिहान मात्र मुस्किलले बाँचेका थिए विक
    असई विक शुक्रबार विहान हेटौंडामा संयुक्त राष्ट्रसंघको परीक्षामा सहभागी भएर फर्किएका थिए । गाडीबाट बर्दिबाससम्म पुगेका उनी त्यहाँ हरेको सशस्त्रको बेसब्याम्पबाट साइकल लिएर जलेश्वर पुगृेका थिए ।
    चोकमा रहेका आन्दोलनचकारीले उनलाई चिनेपछि रोकेर आक्रमण गरेका थिए । उनी भागेपछि लखेल्दै जलेश्वर बजारको पोखरी छेउमा पुर्‍याए । ज्यान बचाउन असई विक पोखरीमा हाफ फाले ।
    आन्दोलनकारीले त्यहाँबाट निकालेर कुटे । उनको टोउकोका साथै शरीरको विभिन्न भागमा चोट लाग्यो । थप प्रहरी पुगेपछि उनले नयाँ जीवन पाएका थिए ।
    तर, थप उपचारका लागि जनकपुर लैजाने क्रममा आन्दोनलनकारी नै उनको हत्या गरेका छन् । एम्बुलेल्स चालक र असाई विकसँगै रहेका सशस्त्र प्रहरीका एक अधिकारीको अवस्था अज्ञात छ । By- Onlinekhabar



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top