-

  • नयाँ खबर

    02 October, 2016

    वीरगंजमा उच्च अदालतको अस्थाई इजलास


    मध्य नेपाल सन्देश 
    नेपाल सरकारको भदौ १८ गतेको निर्णय अनुसार वीरगंजको चिनिमेल क्षेत्रमा २ नम्बर प्रदेशको उच्च अदालतको अस्थाई इजलास स्थापना भएको छ । 
    २ नम्बर क्षेत्रको उच्च अदालत जनकपुरमा भए पनि त्यसको एक अंगका रुपमा अस्थाई इजलास वीरगन्जमा स्थानपन भएको हो । यो अस्थाइ इजलासको यहि असोज ४ गते उदघाटन भएको छ । उद्घाटनमा अस्थाई इजलासका प्रमुख न्यायधिश उदयप्रकाश चापागाईले उच्च अदालत अस्थाई इजलाशको व्यानर अनवरण गरेका थिए । 
    अस्थाई इजलासका प्रमुख न्यायधिश चापागाईले यो अस्थाई इजलाशबाट आर्थिक अभावमा न्याय सुनवाई कमजोर हुन नदिने दावी गरेका थिए । उनले न्याय क्षेत्रमा प्रवेश गर्दा कर्मचारीहरुले एक वर्ष सम्म परिक्षण कालमा राख्ने गर्दथ्यो । त्यस अनुसार स्थाई गर्ने गर्दथ्यो । तर हामीले आजैको दिनबाट निकै जिम्मेवारी पूर्ण परीक्षा सुरु भएको छ । अब जनताको सेवा दिएर डिष्टिन्सन ल्याउने जिम्मेवारी बढेको छ उनले भने । सेवाग्राहीको सुविधाका लागि सार्वजनिक निवेदन लेख्ने देखि मुदा दर्ता सम्मको कामलाई सहज बनाई जनतालाई चुस्त, दुरुस्त मुस्कान सहितको सेवा दिने प्रतिवद्धता अस्थाई इजलासका प्रमुख न्यायधिश चापागाईले दावी छ । 
    यो इजलाश स्थापना संघिय संविधानको मर्म अनुसार नै मुलुकका सबै संघिय प्रान्तहरुमा भएको हो । संघियता पश्चात मुस्कान सहितको न्याय घरदैलोमा दिने उदेश्यले नयाँ संविधानले यस्ता इजलासको परिकल्पना गरे अनुसार नै स्थापना गरिएको पर्साका न्याय क्षेत्रमा काम गर्ने सहभागिहरुले बताए । यस अस्थाई इजलासले बारा, पर्सा, रौतहट लगायतका जनताहरुले सेवा गर्ने गर्ने जनाइएको छ । 
    अस्थाई इजलाश स्थापनाको उद्घाटनका कार्यक्रममा सांसद जयप्रकाश थारुले अदालतको विकासका लागि यहि ठाउँको नागरिकले सहयोग गर्नुपर्ने बताए । यस इजलाशलाई स्थायी गराउने सवालमा आफूले सबै प्रकारका पहल गर्ने दावी गरेका थिए । यसैगरी पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले न्याय प्रणाली चुस्त दुरुस्त भएमात्र न्यायलय बलियो हुने बताएका थिए ।
    कार्यक्रममा बरिष्ठ अधिवक्ता देवेन्द्र सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, पूर्व कृषि राज्य मन्त्री करिमा बेगम, बाराका पुूर्व अध्यक्ष सुधीर कर्ण लगायतकाले आ९आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण ठाकुर प्रसाद पोखरेलले गरेका थिए भने कार्यक्रम न्यायधिश चिरबहादुर कार्कीको सभापतित्वमा समपन्न भएको थियो । 
    वीरगन्जमा उदघाटन भएको उच्च अदालत वीरगन्ज अस्थाई इजलाशमा बारा कर्चोवा ९ का जोगिन्द्र साह तेलीले स्थानीय सुमहान मिया अंसारी विरुद्ध पुनरावेदन गराएका थिए । गाउँको सार्वजनिक कब्रस्थान अस्मानको जग्गाको टेन्टा खिचोला छोडाई चलनका लागि जिल्ला अदालत बारामा जेष्ठ २६ गते फैसला भईसकेको मुद्दा उच्च अदालत जनकपुरको अस्थाई इजलास पुनरावेदन गराएको कार्यलयका रजिष्टार्ड खड्ग बहादुर श्रेष्ठ बताएका थिए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजमा उच्च अदालतको अस्थाई इजलास Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top