-

  • नयाँ खबर

    08 August, 2016

    मधेश आन्दोलनका घाइतेको सुचि सहित प्रजिअलाई ज्ञापन

     साउन तेस्रो साता, स्थानिय सामाचार
    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले जिल्ला प्रशासन कार्यालयको माध्यमबाट गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय पर्सामा गएका मोर्चाका नेता तथा कार्यकर्ताहरुले प्रमुख जिल्ला अधिकारी केशराज घिमिरे मार्फत गृह मन्त्रालयमा मधेश आन्दोलनका घाइतेको सुची बुझाएका हुन ।  ज्ञापनपत्रमा मधेस आन्दोलनको क्रम्मा घाइते भएका  एक सय ८३ जना घाइतेको उपचार तथा भारतीय नगरिक सहित बीरगन्जमा मृत भएका ७ जनालाइ सहिद घोषणा गर्न  पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत सरकारसगं मागं गरिएको छ ।
    अध्यक्ष यादवले मधेसी मोर्चा र सरकार बीचभएको तीन बुदें सहमती अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च  र मृतकलाई दश लाख रुपैया क्षतीपूर्ती दिने सहमती अनुसार गृह मन्त्रालयलाई पर्सा जिल्लामा भएको घाइते तथा मृतकहरुको सुची पठाइएको हो ।  
    ज्ञापन पत्रमा आन्दोलनका क्रममा आन्दोलनकारी माथि लगाइएका मुद्दा फिर्ता लिने भएको सहमती अनुसार पर्सा जिल्लामा दर्ता रहेका विभिन्न मुद्दाहरुको विवरण समेत ज्ञापन पत्रसहित गृहमन्त्रालयमा पठाइएको अध्यक्ष यादवले जानकारी दिए । आन्दोलनका क्रममा पर्सा जिल्लाबाट ७ जनाले ज्यान गुमाएपनि ४ जनालाइ मात्र दश लाख क्षेती पुर्ती दिइए पनि बिगतको सरकारले सबैलाइ झतिपुर्ती दिइएको हल्लामात्र फिज्जाइएको बताउदै मधेस आन्दोलनमा पर्सा जिल्लामा मात्र एक सय ८३ जना घाइते मध्ये हालसम्म ६ जनालाई मात्र उपचार खर्च उपलब्ध गराएको दावी गर्नुभयो ।
    मोर्चाले बुझाएको सुची लिदै पर्साका प्रमुख जिलला अधिकारी  घिमिरेले सबै सुचीहरुलाई तत्काल गृह मन्त्रालयमा पठाउनुको साथै आन्दोलनका क्रममा कर्तब्यज्यान देखी  सार्वजनिक अपराधका ४२ वटा मुद्दाको सुची पहिले नै गृहमा पठाइ सकिएको  जानकारी दिनुभयो ।  त्यसै आन्दोलनको क्रम्मा वीरगन्जको इनर्वामा स्थित शंकराचार्य गेट अगाडी प्रहरी को गोलीलागि मृत भएका भारतीय नागरिक आशिस रामलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई तोकिएको क्षतीपूर्ती दिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउन भयो । उहाले जिल्ला सुरक्षा समितिको बैठकबाट भारतीय नागरिकलाई शहिद घोषणा गर्न सिफारिस गरिएको जानकारी दिनुभयो ।
    प्रमुख जिल्ला अधिकारीलाई सुचि बुझाउने क्रममा   मोर्चामाअवद्ध दल तमलोपाका जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झा, सद्भावना पार्टी पर्साका अध्यक्ष इमदाद गद्दी, रामसपा पर्साका अध्यक्ष प्रेमबाबु पटेल, तमसपा पर्साका  अध्यक्ष प्रेमचन्द्र कुशवाहा, मजफो गण तान्त्रिकका जिल्ला अध्यक्ष मुस्तकिम अंसारी, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष मनोज कर्ण लगायतका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।    
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: मधेश आन्दोलनका घाइतेको सुचि सहित प्रजिअलाई ज्ञापन Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top