-

  • नयाँ खबर

    21 August, 2016

    दलित महिलाको जीवनस्तर उकास्न प्रहरीद्वरा बाख्रा सहयोग

    भदौँ ५ पर्सा
    मध्य नेपाल
    दलित महिलाको जीवन स्तर उकास्नका लागि प्रहरीको सहयोगमा पर्सा जिल्लाको भिखमपुर तथा धोडदौड पिपराको दलित महिलाहरुले बाख्रा उपहार पाउने भएका छन् ।  
    प्रहरी मेरो साथी अभियान कार्यक्रम अन्तगर्त असाढको पहिलो साता स्थानिय संगको अन्तक्रियामा यहाँका दलित महिलाहरुको जिवनस्तर ज्यादै कमजोर भएको पाईएको थियो । जिवन स्तर उकास्न केहि सहयोग गर्नुपर्ने यहाँका महिलाहरुले प्रहरीलाई आग्रह गरेका थिए । आग्रह अनुसार लेडि सर्कल नेपालको सहयोग तथा जिल्ला प्रहरी कार्यालयको प्रहरी मेरो साथि कार्यक्रम अन्तर्गत १०÷१५ वटासम्म बाख्रा पालनका लागि दुई दलित महिला समूहका अध्यक्ष सुनकोसी देवी र लालपरी देवीलाइ ७५ हजार रुपैया सहयोग गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । 
    घरपरिवारका सदस्यलाई शिक्षित नबनाएसम्म घर एवं समाजको प्रगति नहुने बताउदै पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले गाउँघरका बालबालिकाहरू पढेर शिक्षित नभएसम्म बालविवाह तथा दाइजोप्रथा नरोकिने बताए । तराईमा सहयोगको खाचो नरहेको बताउदै आफ्ना छोराछारीलाई पढाउन उनले आग्रह गरे । घरका सदस्य शिक्षित भए समाजसँगै देश विकास हुने भएकोले सहभागीहरूलाई आआफ्ना छोरीछोरालाई जसरी पनि पढाउनुपर्नेमा उनले जोड दिए ।
    लेडी सर्कल नेपालकी अध्यक्ष रश्मी दासले दुवै गाविसमा गठन भएका दलित महिला समूहहरूमध्ये दुई समूहलाई उक्त रकम हस्तान्तरण गरेकी थिइन् । रकमबाट समुहको निर्णयबाट बाख्रा खरिद गरि आयस्तर कमजोर भएका र इच्छुक महिलालाई बाख्रा पालन गराई आम्दानी भएको आधा रकमबाट समुदायका अरू महिलाहरूलाई पनि आयआर्जनका लागि सहयोग गर्ने अध्यक्ष दासले बताइन् । यस कार्यलाई प्रहरीसंगै लेडि सर्कलले पनि अनुगमन गर्ने हुदाँ रकमको दुरुपयोग नभई जीवनस्तर सुद्धिड हुने अध्यक्ष दासको विश्वास छ । 
    कार्यक्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर शाह, सशस्त्र प्रहरी निरीक्षक शम्भु विक्रम शाह, राउन्ड टेबलका भूतपूर्व अध्यक्ष मनोज दास, लेडी सर्कल नेपालकी पूजा अग्रवाल, सुषमा शर्मा, निशा अग्रवाल, खुशी शर्मा, सुनीता खेतान, अरविन्द खेतान, सञ्जय पटवारी लगायतको उपस्थिति थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दलित महिलाको जीवनस्तर उकास्न प्रहरीद्वरा बाख्रा सहयोग Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top