-

  • नयाँ खबर

    08 August, 2016

    सुबोध स्मृति पुरस्कार चौहानलाई प्रदान गरिंदै

    साउन तेस्रो साता
    स्थानिय सामाचार
    सुबोध स्मृति पुरस्कार यस वर्ष वीरगंजका फोटोपत्रकार विजय चौहानलाई प्रदान गरिने निर्णय भएको राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष पंकज श्रेष्ठले बताए । 
    सुबोध स्मृति पुरस्कार प्रतिष्ठान वीरगंजले यस वर्षदेखि सो पुरस्कार वितरणको जिम्मा फोटोपत्रकार समूह पर्सालाई दिएकोमा समूहले फोटोपत्रकार चौहानलाई प्रदान गर्ने निर्णय गरेको हो । 
    २०६५ वैशाख १२ गते भारतमा रेल दुर्घटनामा परी प्रतीक दैनिकमा कार्यरत फोटोपत्रकार सुबोध सिंहको अल्पायूमै निधन भएको थियो । वीरगंजलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउने फोटोपत्रकार सिंहको स्मृतिमा प्रतीक दैनिकले २०६५ भदौ १ गतेदेखि नै सो पुरस्कार सञ्चालन गर्दै आएको छ । २०६५–२०७२ सम्म बारा, पर्साका फोटोपत्रकारहरु क्रमशः राम सर्राफ, राम क्ष्ँत्री, उत्तम खड्गी, जीतलाल श्रेष्ठ, मनीष पौडेल, जियालाल साह, प्रवीण मानन्धर र प्रणयकुमार साहले पाइसकेका छन् । 
    १० हजारबाट शुरु भएको पुरस्कारको राशि गतवर्षदेखि २५ हजार पारिएको प्रतिष्ठानका अध्यक्ष्ँ जगदीश शर्माले बताए । प्रतीक दैनिकको वार्षिकोत्सव भदौ १ गते कार्यक्रमको आयोजना गरी फोटोपत्रकार विजय चौहानलाई पुरस्कृत गरिने सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका सचिव शत्रुघ्न नेपालले जानकारी गराए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सुबोध स्मृति पुरस्कार चौहानलाई प्रदान गरिंदै Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top