-

  • नयाँ खबर

    17 August, 2016

    सबैठवा गाविस पर्साको १४ औँ खुल्ला दिशामुक्त गाविस घोषणा

    भदौँ १ पर्सा 
    पर्सा जिल्लाको १४ औँ गाविसको रुपमा सबैठवा गाविस आज खुल्ला दिशामुक्त गाविस घोषणा भएको छ । एक घर एक चर्पी सबैठवा वासीको शान, स्वच्छ जीवन स्वच्छ वातावरण हामी सबैको स्वभिमान भन्ने नाराका साथ आज कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी केश्वराज घिमिरेले खुल्ला दिशामुक्त गाविस घोषणा गर्नु भएको थियो । 
    विकास नेपालको सहजिकरण तथा गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सबैठवा गाविस पर्साको १४ औँ गाविसको रुपमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको हो । कार्यक्रमका प्रमखु अतिथि प्रजिअ घिमिरेले बोर्डर संगै रहेको गाविस भएर पनि सरसफाईका लागि निकै लगनका साथमा एक खुडकिला माथि उक्लेकोमा बधाई दिदै अब पुर्न सरसफाई र पुर्न खोपयुक्त लगायतको कार्यक्रम गरेर देखाउनु पर्ने बताउनु भएको थियो । सिमासंगै जोडिएको गाविस भएरपनि पर्साका अरु गाविसभन्दा राम्रा काम गरेर देखाएकाले सरसफाईका दृष्टिकोणले पनि काम गर्न सक्ने उर्जा र क्षमता यस गाविसका अगुवाहरुमा रहेकाले पुर्ण सरसफाई घोषणामा समेत अगुवाई गर्नुपर्ने जोड दिनुभएको थियो । यसैगरी कार्यक्रममा स्थानिय विकास अधिकारी विश्व प्रकाश अर्यालले खुल्ला दिशामुक्त गाविस घोषणा भएकोमा जिल्ला विकास समितिको तर्फबाट ७५ हजार राशीको पुरस्कार प्रदान गरेका थिए । उनले वर्षातमा विग्रेका बाटोका सम्बन्धमा जिविस एक्लैले केहि गर्न नसक्ने बताउदै यहाँका स्थानिय अगुवाहरुले विकासका लागि एक ढिका भएर आए यहाँका सडक सुधार हुने बताउनु भएको थियो । कार्यक्रममा खुल्ला दिशामुक्त गाविस घोषणा गर्न सहयोग गर्ने स्थानिय अगुवा, प्रजवलक लागयतकालाई सम्मान गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस शोसाईटिका अध्यक्ष फुलमहम्मद मिया, सशस्त्र प्रहरी उपरिक्षक भिम बहादुर थापा, एनजिओ सिसिका रामनरेश यादव, लगायतकाले शुभकामना मनतव्य दिएका थिए । कार्यक्रम गाविस सचिव विपीन रौनियारको सभापतित्वमा समपन्न भएको थियो भने कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए । 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सबैठवा गाविस पर्साको १४ औँ खुल्ला दिशामुक्त गाविस घोषणा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top