-

  • नयाँ खबर

    02 March, 2014

    कारागार परिसरमा समता स्कुलको शिलन्यास


    वीरगंज, १८ पर्सा 
    कारागार परिसरमा आज बालबालिकाहरुको शिक्षा दिक्षाका लागि स्कुलको शिलन्यास भएको छ । वीरगंज कारागारका प्रमुख जेलर धिरज मरासैनीले समता स्कुलको शिलन्यास गरेका हुन् । 
    समता शिक्षा निकेतनको सहयोगमा निर्माण हुन लागेको स्कुल १५÷२० को दुईतले भवण सहित ६ कक्षाकोठा  निर्माण हुने निकेतनका व्यवस्थापक विनोद राज पाण्डेले जानकारी गराउनु भएको हो । बुवाआमाले गरेको गल्ती संगै अबोध बालबालिकाहरु पढने उमेरमा कैदीजीवन विताउदै आईरहेको सामाचार सञ्चारमाध्यमहरुमा आए लगतै समता निकेतनले कैदीबन्दी विताउदै आईरहेका बालबालिकाहरुका लागि स्कुलको स्थापना गर्न लागेको पाण्डेले बताए । १५ लाखको लागतमा निर्माण हुन लागेको समता विद्यार्थीहरुका लागि शिक्षक, स्टेशनरी, ड्रेस लगायतको सम्पुर्ण खर्च समताले नै बेहोर्ने पाण्डेले बताए । समता स्कुल बैशाख देखि कक्षा ३ सम्मको पढाई सञ्चालन हुने उनले बताए । 
    हाल वीरगंज कारागारकै ५० भन्दा बढी कैदीबन्दीका बालबालिकाहरुलाई पढनका लागि पोखरा, काठमाडौँ लागायत ठाँउको विभिन्न बाल संगठनमा पठाईएको छ । ती मध्ये स्कुल पढने उमेरका १० जना बालबालिका कारागारमै रहेको कारागारका प्रमुख जेलर धिरज मरासैनिले जनकारी गराउनु भएको हो । 











    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: कारागार परिसरमा समता स्कुलको शिलन्यास Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top