-

  • नयाँ खबर

    15 January, 2015

    सशक्त आन्दोलनले मधेशीको अधिकार सुनिश्चित हुने : नेता मातृका यादव


    माघ १ पर्सा 
                नेपालमा मधेस र मधेसीहरु सवैभन्दा बढी उत्पीडित रहेको र सत्ता अभ्यासले मधेसले राष्ट्रिय पहिचान मात्र गुमाएको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितीका संयोजक मातृका यादवले आरोप लगाएका छन्  । 
                     आज वीरगंजको राणीसती धर्मशालामा  संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितद्वारा आयोजित पत्रकार सम्मेलनमा संयोजक यादवले सशक्त आन्दोलनले मात्र मधेशीको अधिकार सुनिश्चित हुने ठोकुवा गर्नुभयो । समग्र मधेस एक प्रदेशको निर्माण, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको हरेक निकायमा पुर्ण समानुपतिक प्रतिनिधित्व ,समान मताधिकार, प्रादेशिक स्वाशासनसहितका स्वायत्तताका अधिकारहरु संबिधानले मात्र समाधान गर्ने भन्दै यी मागंहरु सम्बोधन नभएको संबिधान स्वीकार्य नहुने चेतावनी समेत दिएका थिए । समग्र मधेस एक प्रदेश (स्वायत्त क्षेत्र,संरक्षित क्षेत्र तथा बिशेष क्षेत्रको व्यवस्था सहित),राष्ट्रिय आत्मनिर्णयको अधिकार,पुर्ण समानुपातिक निर्वाचन प्रणाली,स्वायत शासन ,राज्यको सम्पुर्ण निकायमा  पुर्ण समानुपातिक प्रतिनिधित्व,समान मताअधिकार ,धर्मनिरपेक्षता,मधेशमा भइरहेको आन्तिरीक तथा बाह्य बसाइँ सराइ नियन्त्रण, भष्ट्रचार मुक्त एवं जनताप्रति उतरदायी सरकार, समान शिक्षा स्वास्थ्य ,रोजगार र समाजिक सुरक्षाको ग्यारेण्टी, कृषिलाई वेैज्ञानिकीकरण गर्ने , राष्ट्रिय उद्योगहरुको पुन संचालन र नयाँ उद्योगहरुको स्थापना , चुरे बन जंगलको सुरक्षा र बिकास ,हुलाकी राजमार्गको निर्माण  , सवै गाउँमा बाटोको निर्माण, सवै गाँउमा व्यवस्थित संचार र प्रत्येक गाबिसमा एम्बुलेस तथा प्रत्येक क्षेत्रमा वारुणयन्त्रको व्यवस्था लगायतको माँग राखी सशक्त आन्दोलको तयारीमा रहेको समितीले  एजेण्डासंग मिल्ने बामपन्थी तथा लोकतन्त्रबादी राजनितीक शाक्तिहरु, आदिवासी जनजाती र मधेशका अन्य राजनितीक दल तथा संघ संगठनहरु संग मोर्चा बनाएर अघि बढने समेत जनाएको छ । 
                         पत्रकार सम्मेलमा समितीको संयोजक मातृका यादव, सहसंयोजक गोपाल ठाकुर,प्रवक्ता बलराम  यादव,कोषाध्यक्ष  भरत साह , सदस्यहरु परमान्द वर्मा, रामलौट तिवारी, घनश्याम यादव,छोटेलाल यादव ,ई. नुरुलहोदा अंसारी लगायतको उपस्थिती रहेको थियो ।  वीरगंजमा  बसेको संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितको पहिलो बैठकले  मातृका यादवको संयोजकत्वमा ३४ सदस्ययी कार्यसम्पादन समिती , भरत साहको संयोजकत्वमा ३ सदस्ययी आर्थिक समिती, डा. रामकेवल साहको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती,देवेन्द्र यादवको संयोजकत्वमा बिदेश बिभाग गठन भएको सह संयोजक एवं पुर्व सभासद गोपाल ठाकुरले बताए । आउँदो माघ ७ गते मधेसमा पर्ने सम्पुर्ण जिल्लामा बिरोध सभा गर्ने निर्णय गरेको प्रवक्ता बलराम यादवले बताए ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सशक्त आन्दोलनले मधेशीको अधिकार सुनिश्चित हुने : नेता मातृका यादव Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top