महिला सशक्तिकरणका कुरा घन्किरहेको एक्काइसौं शताब्दीको उत्तराद्र्धमा आइपुग्दा हामी कहाँ संचारगृहको कमी र सूचना तथा समाचारको प्रवाह ठ्याप्पै कम भएको भने होइन । तर सत्य समाचार र सूचनाको केही कमी भने हाम्रो समाजमा अलि खट्किरहेको यथार्थ हो । यो यथार्थतालाई केही हदसम्म पूर्ति गर्न र महिलाहरुका बिषयमा अझ केन्द्रित रहेर समाचार पस्कन भने हामी तम्सिएका हौं । यो तम्साइलाई अक्षुण राख्नकै लागि आजबाट मध्य नेपाल सन्देश साप्ताहिक तथा वेवसाइट (www.madhayanepal.com) मार्फत यहाँहरुको सामु आएको छौं ।
समाज तथा राष्ट्रको समृद्धिलाई टेवा पु¥याउने गरुङ्गो भारी बोकी समाज सेवामा समर्पित नेपालका आम सञ्चारकर्मीहरुले आफैले बनाएको आफ्नो आचार संहिता पालना गर्न पनि हामी सकेसम्म विचलित नहुने प्रण गर्दछौं । साथै महिलाहरुको रुपान्तरण र समृद्धिमा भने हाम्रो अलिबढि झुकाव रहन्छ नै ।
वीरगंजमा भएका सयौं संचारगृहहरुको माँझमा महिलाहरुले मात्र संचालन गर्ने भनी हामीले पहिलो पाइलो बढाएका छौं । यो पाइलामा स्वस्थ र सचेत पत्रकारिता चाहने संचारकर्मी र हाम्रो समाजका प्रबुद्ध व्यक्तिहरुको सुझाव, सहयोग र सहानुभूति भने सधैं खट्किरहन्छ । यो साथ पाए हामी यहाँहरुका सामु अझ खरो रुपमा उत्रने जमर्को गर्नेछौं ।
हाम्रा सामु समाजको अहम भूमिकालाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने आम मुद्दाहरु जीवित छन् । संघीय लोकतान्त्रिक राज्य व्यवस्थाका नयाँ तरंगहरुलाई ठिक-ठिक ठाउँमा परिपालना गराउन ठोस जिम्मेवारी वहन गर्नुपर्ने दायित्व छ नै । यी तमाम दायित्वबोधका साथ अब समाज सामु प्रस्तुत भएपछि अगाडी बढ्न उति सजिलो भने छैन । तथापि यो आँटलाई यहाँहरुका सामु परिस्कृत गर्र्दै थप कदम बढाउने प्रयास गरेका छौं । हाम्रो यो यात्रामा यहाँहरु सबैको साथ अपरिहार्य रहन्छ ।
आधुनिक विश्व माझमा मेक्सिकोको दोस्रो ठूलो समाचार पत्र ुला जोरनादाु जस्तो विज्ञापन रहित पत्रिका संचार गृहका रुपमा जिवित भएको अवस्थामा वीरगन्ज जस्तो आर्थिक नगरी भित्र रहेर यहाँको समाजलाई सूसुचित पार्न जमर्को गर्नु अन्यथा नहोला । हाम्रो यहि बुझाईका साथ यो समाजको मर्यादालाई अक्षुण राख्दै अग्रगतिको सुमार्गमा हामी अगाडी जान चाहेका हौं । हामो यात्रामा सबैको सहि सुझाव र साथको भने अपेक्षा रहन्छ ।
0 comments:
Post a Comment