-

  • नयाँ खबर

    25 September, 2016

    अल्पसंख्यक अधिकारका बारेमा कार्यशाला

    मध्य नेपाल सन्देश
    दिगो शान्तिका लागि अल्पसंख्यक अधिकारको मूल प्रवाहीकरणका लागि ‘दिगो विकासका लक्ष्य र अल्पसंख्यक समुदाय’ विषयक जिल्ला स्तरीय परामर्श कार्यशाला शनिबार वीरगन्जमा सम्पन्न भएको छ । सपोर्ट नेपालको सहयोगमा विकास नेपाल पर्साले वीरगन्जको होटल कुमु प्यालेशमा आयोजना गरेको  कार्यक्रममा अल्पसंख्यक समुदायलाई कसरी विद्यालयमा टिकाउन सकिन्छ ? भन्ने विषयमा छलफल भएको विकास नेपालका शिवनाथ यादवले जानकारी दिए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका अध्यक्ष फुल महम्मद मियाँले अल्पसंख्यक समुदायका बालबालिका विद्यालयमा आए पनि कक्षा छोड्ने दर बढी देखिएको बताए । पण्डित रामधेनी तिवारी निमावि बजार छपकैयाका पूर्व प्रधानाध्यापक समेत रहेका मियाँले अल्पसंख्यक समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्नेमा जोड दिए । जिल्ला विकास समिति पर्साका अधिकृत शम्भु कुशवाहले सहजीकरण गरेको कार्यक्रममा विकास नेपालका साविर अहमद एराजले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अल्पसंख्यक अधिकारका बारेमा कार्यशाला Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top