-

  • नयाँ खबर

    01 September, 2014

    रुगटा वेलफेयरको वार्षिकउत्सव समपन्न् विभिन्न व्यक्तिलाई सम्मान् ।


    भदौँ १६ पर्सा
    रुगटा वेलफेयर सोसाइटी वीरगंजले आज आफनो ५ औ वार्षिकउत्सव समारोह मनाएको छ । स्थापनाकाल देखि नै विभिन्न समाजिक सेवामा सहयोग गर्दै अएको यस वेलफेयरले आफनो वार्षिकउत्सवको अवसरमा कान सम्बन्धी रोगको उपचारका लागि अस्पताल निर्माण गर्न बहुअरी ७ स्थित गण्डक चोकमा पाच कठ्ठा क्षेत्रफलको जग्गा इम्प्याक्ट नेपाल नामक गैर सरकारी संस्थालाई वेलफेयरका अध्यक्ष मुरलीधर रुगटाले हस्तनान्तरण गरेको छ ।
     यसैगरी कार्यक्रमका अवसरमा महिलाहरुको सकृयतामा सञ्चालित उमन स्कील सेन्टरलाई एक थान कम्प्युटर र गरिब तथा जेहेन्दार विधार्थीहरुको लागि त्रिभुवन हनुमान मावि, माईस्थान विद्यापिठ मावि, दलित प्रावि लगायतको विद्यालयमा १० हजार ५ सयको छात्रवृति प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा बोल्दै अध्यक्ष रुगटाले निकट भविष्यमै मृगौला रोगीहरुको सहज उपचारका लागि स्वास्थ्य संस्थालाई डायलशिश मेशिन हस्तनान्तरण गर्ने र शिक्षा, स्वास्थ्य सेवाको प्रवद्र्धन र धार्मिक स्थलहरुको संरक्षण सम्वद्र्धनका लागि निरन्तर समानिक सेवामा सहयोग गर्ने बताएका थिए ।
    कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी योगराज पाण्डे, बरिष्ठ प्रहरी उपरिक्षक सर्वेन्द्र खनाल, उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैध, पुर्व सभासद ओमप्रकाश शर्मा लगायतको उपस्थिति रहेको थियोे ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: रुगटा वेलफेयरको वार्षिकउत्सव समपन्न् विभिन्न व्यक्तिलाई सम्मान् । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top