-

  • नयाँ खबर

    12 September, 2014

    अमेरीकामा आईसक्रिम बेचेर आफनौ जिल्लामा बनाए पुस्तकालय ।



    अमेरिका स्थित अध्ययनरत विधार्थीहरुले आईसक्रिम लगायतको समाग्रि बेचेर ८ हजार डलर जम्मा गरि पुस्तकालय भवनगरि उदाहरणिय काम गरेर देखाएका 


    भदौँ २७ पर्सा 
    पर्सा जिल्ल स्थित एक विधार्थीले अमेरिकामा अध्ययनका लागि गएका बेला आफनो साथिहरुसंग मिलेर आफनो जिल्लाको लागि केहि गर्ने उदेश्यले पुस्तकालय निर्माण गरि उदाहरणिय काम गरेर देखाएका छन् ।

    पुस्तकालयका लागि पुस्तक हस्तनान्तरण
     गैर सरकारी संस्था सानो पाइलाले पर्साको पकाहा मैनपुरमा रहेको रामचरीत्र भगत उच्च माविको  पुस्तकालयका लागि पुस्तक उपलब्ध गराएको छ । विधालयमा आज आयोजित एक कार्यक्रमका विच सानो पाइलाका सहायक प्रमुख कार्यकारी अधिकृत वृजलाल चौधरीले विद्यालयका प्रधानाध्यापक मुनीलाल प्रसाद चौहानलाई विभिन्न विषयका तीस हजार एकसय ५३ मूल्य बराबरको एकसय ६९ थान पुस्तक हस्तान्तरण गर्नुभएको हो ।


     त्यस्तै पर्साको निचुटामा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा स्थापना गरिएको स्व. तपेश्वर चौधरी स्मृति पुस्तकालयको निरीक्षण पनि गरिएको छ । उक्त पुस्तकालय अमेरिका स्थित अध्ययनरत विधार्थीहरुले आईसक्रिम लगायतको समाग्रि बेचेर ८ हजार डलर जम्मा गरि पुस्तकालय भवन सहित विभिन्न विषयका पुस्तकहरु जम्मा गरि पुस्तकालय निर्माण गरेको हो । सानोपाईला मार्फत सहायक प्रमुख कार्यकारी अधिकृत वृजलाल चौधरीले स्थापना गर्नुभएको पुस्तकालयको आज पर्साका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको टोलीले निरीक्षण गरेको हो । यस्तै बागेश्वरी तित्रौनामा रहेको श्री नेपाल राष्ट्रिय प्राविको भौतिक पूर्वाधार निर्माणको लागि सहयोग जुटाउन सानोपाइलाले विद्यालयको अवस्थाको जानकारी लिएको छ । यसवर्ष सानोपाईलाले विधालयको लागि भौतिक निर्माण कार्यमा सहयोगका लागि विभिन्न फन्टहरुको खोजिगरि सहयोग गर्ने योजना अधिकृत चौधरीले बताए । टोलीमा नेपाल पत्रकार माहासंघ पर्साका सचिव कृष्णउदास खनाल, पत्रकार विजय चौहान, विजय भण्डारी, जियालाल साह, हरिशंकर शर्मा, सानो पाइलाका नेहा पौडेल, रामबाबु सिंह, रौनक सरार्फ लगायतको उपस्थिती रहेको थियो ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अमेरीकामा आईसक्रिम बेचेर आफनौ जिल्लामा बनाए पुस्तकालय । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top