-

  • नयाँ खबर

    04 September, 2014

    भारत लैजादै गरेको अवस्थामा ८८ किलो चादिँ सहित ४ जना पक्राऊ ।


    पत्रकार सम्मेलनमा उपस्थित एस.एस.पि.सर्वेन्द खनाल र ब जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक दिवेस लोहनि ।



    भदौँ १९ पर्सा 
    नेपालबाट भारततर्फ लैजान लागेको ८८ किलो गाम चादिँ सहित ४ जनालाई पक्राऊ गरेको छ । चारवटा मोटरसाइकलको सिटमुनी लुकाएर लैजाँदै गरिएको अवैध चाँदीसहित प्रहरीले वीरगन्ज भन्सारस्थित शंकरचार्य गेट अगाडीवाट भारत रक्सौलतर्फ लैजाने क्रममा उनिहरुलाई पक्राउ गरेको हो । अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले पत्रकार सम्मेलनको आयोजना गर्दै ८८ किलो पाँचसय पचास ग्राम चाँदीसहित चारजनालाई पक्राउ गरेको बताएका छन। बरामद चाँदीको बजार मूल्य करिब ६१ लाख रुपैयाँ रहेको छ । पक्राउ पर्नेमा वीरगन्ज २ छपकैयाँ निवासी २६ वर्षिय राधेश्याम साह सोनार , ,२४ वर्षिय लक्ष्मणकुमार सर्राफ, बाराको इटियाही २ निवासी राजेश साह र छपकैयाँ वडा नम्बर २ निवासी २४ वर्षिय राकेश सर्राफ रहेका छन् । उनीहरु सवार क्रमशः ना।१७ प ३७९२, ना।१३ प ५१९८, ना।४ प ४६३१ र ना।३१ प ८१५३ नम्बरको महँगा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बरामद गरिएको चाँदी र मोटरसाइकल आवश्यक लिलामी प्रकृयाका लागी राजश्व अनुसन्धान कार्यालयको जिम्मा लगाइने प्रहरी उपरिक्षक खनालले बताए । 
    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भारत लैजादै गरेको अवस्थामा ८८ किलो चादिँ सहित ४ जना पक्राऊ । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top