-

  • नयाँ खबर

    03 September, 2014

    अस्पतालको लापरवाहीले एक नवजात शिशुको मृत्यू,जिल्ला प्रशासन कार्यालयमा उजुरी l

    वीरगन्ज मिडिया नेटवर्कले आयोजना गरेको पत्रकार सम्मेलनमा पिडित मन्जुका ससुरा सुरी l

    वीरगन्ज १८ भदौ
    अस्पतालको लापरवाहीले एक नवजात शिशुको ज्यान गएको भन्दै पीडितले दोषीलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।
    बीरगन्जको विर्ता ४ मा रहेको कृष्ण अस्पतालको लापरवाहीले शिशुको ज्यान गएको आरोप लगाउदै बारा ६ गंजभवानीपुरकी पीडित मन्जु देवीका ससुरा दिपनारायण प्रसाद सुरीले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । उजुरी दर्ता गराएपनि स्थानीय प्रशासनले कारवाही र क्षतिपुर्तिका लागि चासो नदेखाएको पीडितहरुको गुनासो छ । माईस्थान स्थित नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा वीरगन्ज मिडिया नेटवर्कले आयोजना गरेको पत्रकार सम्मेलनमा पिडित मन्जुका ससुरा सुरीले अस्पताल कर्मचारीहरुको लापरवाहीले आफना नवजात शिशुको ज्यान गएको आरोप लगाए । भदौ १४ गते गर्भावती महिला मन्जु प्रसुतीको लागि कृष्ण अस्पतालमा भर्ना भएकोमा सो दिन साझ उनले छोरी जन्माएको केहि बेरमै अस्पतालको नर्सले मृत अवस्थामा छोरी जन्मेको जानकारी गराएको सुरीले बताए । तर त्यसको भोलिपल्ट अस्पतालकै अर्की एक नर्सले सो बच्चा जिउदो रहेको बताएपछि अस्पतालकी चिकित्सक मन्जुलत्ता अग्रवालको सल्लाहमा नेशनल मेडिकल कलेजमा उपचारका लागि उपचारका लागि भर्ना गराएकोमा मृत्यु भएको उनले पीडा पोखे । मन्जुका ससुरा सुरीले अस्पतालका कर्मचारीको गलत जानकारीले गर्दा जिउदै जन्मेका बच्चाको ज्यान गएको आरोप लगाउदैं अस्पताल कर्मचारीहरुलाई कडा भन्दा कडा कारवाही माग गरेका छन । यसैबीच, गम्भीर अवस्थामा रहेको सुत्केरी मन्जुलाई सो अस्पतालकी चिकिस्तक अग्रवालले घटनाबाट उम्कनका लागि थप उपचार गर्न भन्दै नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएकी थिइन । तर त्यहां पनि उनको अवस्थामा सुधार नआएपछि पीडितका आफन्तले कृष्णा अस्पतालमा होहल्ला गरेपछि घटना साम्य हुने मनाशायले चिकित्सक अग्रवालले आफनै पहलमा भरतपुर पठाएको पीडित परिवारजनले बताए । तर भरतपुर पु¥याएर आफुहरुलाई अलपत्र पारेको मन्जुका ससुरा सुरीले दुखेसो पोखे ।  पत्रकार सम्मेलन मिडिया नेटवर्कका अध्यक्ष्ँ नरेश सर्राफको अध्यक्ष्ँतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सस्थाका कोषाध्यक्ष जियालाल साहले गरेका थिए ।

    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: अस्पतालको लापरवाहीले एक नवजात शिशुको मृत्यू,जिल्ला प्रशासन कार्यालयमा उजुरी l Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top