-

  • नयाँ खबर

    03 September, 2014

    वीरगंजस्थित भन्सारमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी, करोडौं रुपैयाँ बराबरको सामान जलेर नष्ट सम्पुर्ण फोटो फिचर ।।



     वीरगंज, भदौँ १९ 
    वीरगन्ज भन्सार कार्यालय परिसरको गोदाम घरमा बुधबार बिहान भीषण आगलागी भएको छ। भन्सार कार्यालयको पश्चिमतर्फको यार्डभित्र अवस्थित पुरानो गोदाम घरमा बिहान दुई बजेदेखि आगलागी शुरु भएको हो। आगो ८ घण्टापछि नियन्त्रणमा लिइएको छ। बुधबार बिहान २ बजे लागेको आगो दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा नियन्त्रणमा लिइएको हो । 
    गोदामका गार्ड दलबहादुर परियारका अनुसार बिहान करिब दुई बजे सर्ट सर्किट भएर एमसिबी स्वीच बोर्डमा धुँवा देखिएको थियो। धुँवा देखिएलगत्तै आफूले एमसिबी स्वीच अफ गरेको केही बेरमै गोदामभित्र दनदनी आगो बलेको परियारले बताए। 
    फलामको पाताबाट बनाइएको करिब दुई सय मिटर लामो गोदामको पश्चिमपट्टीबाट शुरु भएको आगोको धुँवा बन्द गोदामभित्र पुरै फैलिएको छ। गोदामभित्र सूर्यमुखी तेल, रेफ्रिजरेटरमा प्रयोग हुने ग्याँस भरिएका सिलिण्डर, कपडा, महँगा मोटरसाइकल, कम्प्युटर पार्टस्, म्युजिक सिस्टमलगायत बीस करोड रुपैयाँभन्दा बढीका सामान भण्डारण गरिएका थिए। 
    भन्सार अधिकृत गुणराज सुवेदीका अनुसार आगलागी भएको कुनामा मंगलबार मात्र एक कन्टेनर सूर्यमुखी तेल भण्डारण गरिएका थिए। सूर्यमुखी तेल र रेफ्रिजरेटरको ग्याँसका कारण आगो दनदनी बलेर गोदामभित्र फैलिएको थियो। आगोको गती तीब्र भएकाले पाँचवटा वारुण यन्त्रको मद्दतले समेत घण्टौंसम्म आगो निभाउन सुरक्षाकर्मीले सफलता पाएनन्। 
    आगलागी शुरु भएको तीन घण्टापछि वीरगन्ज उपमहानगरपालिका कार्यालयको एक्साभेटरको सहयोगमा गोदाम घर ठाउँ ठाउँमा भत्काएर क्षतिग्रस्त बनाइएपछि आगोबाट मालसामानको क्षति नियन्त्रणमा सहयोग पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए।   
    जिल्ला प्रहरी कार्यालय, सीमा सुरक्षा बल, नेपाली सेनाको वरख गण र उपमहानगरपालिका कार्यालयको अग्नी नियन्त्रक दलले बिहान तीन बजेदेखि नै आगलागी नियन्त्रणमा लिने प्रयास जारी राखेका छन्। आगलागी नियन्त्रणका लागि वीरगन्ज, कलैया र हेटौंडा नगरपालिकाका साथै नेपाल आयल निगमको सहित पाँचवटा दमकल प्रयोगमा ल्याइएको थियो।  आगलागी नियन्त्रणको प्रयास जारी रहेकाले क्षतिबारे यकीन हुन सकेको छैन। By setopati.com
    थप भिडियो सामाचारका लागि www.avenues.tv मा हेर्नु होला ।
    प्रकाशित मिति: बुधबार, भाद्र १८, २०७१ 










    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजस्थित भन्सारमा रहेको नेशनल ट्रेडिङ लिमिटेडको गोदाममा भीषण आगलागी, करोडौं रुपैयाँ बराबरको सामान जलेर नष्ट सम्पुर्ण फोटो फिचर ।। Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top