-

  • नयाँ खबर

    26 February, 2016

    सांसद सुरेन्द्र चौधरीले कांग्रेस छाडे


    वीरगंज १४ फाल्गुन, २०७२ कांग्रेस नेता सुरेन्द्रप्रसाद चौधरीले पार्टी परित्याग गरेको जनाएका छन् ।
    पर्सा जिल्ला अधिवेशनमा पराजित भएपछि चौधरीले सांसदसहित साधारण सदस्यतासमेत नरहने गरि पार्टी परित्याग गरेको जानकारी दिए । उनले जिल्ला अधिवेशनमा आफू भने सहभागी नभएको दाबी गरेका छन् ।
    चौधरीले कांग्रेसमा गैरलोकतान्त्रिक प्रवृत्ति हावी भएको भन्दै आफू पार्टी छाड्ने निष्कर्षमा पुगेको जानकारी दिए । ‘जाली मतदाता सूची बनाएर हुँदै नभएको निर्वाचनबाट मेरो अपमान गर्ने काम भयो,’ चौधरीले भने, ‘सबै कुरा बुझ्दा बुझ्दै पनि नेतृत्व चुप लागेर बसेपछि पार्टी छाड्ने निष्कर्षमा पुगेको हुँ ।’चौधरी पर्सा– ४ बाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
    चौधरीले कांग्रेस छाडेलगत्तै नयाँ पार्टी बनाउने अभियानमा सक्रिय हुने बताए । ‘उपेन्द्र यादवजी, रविन्द्र मिश्रजीसँग छलफल गरेको छु,’ उनले भने, ‘उपेन्द्रजीले तपाईं आउनुभयो भने पार्टीको नाम परिवर्तन गर्छु भन्नुभएको छ ।’(कान्तिपुर
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सांसद सुरेन्द्र चौधरीले कांग्रेस छाडे Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top