-

  • नयाँ खबर

    03 February, 2016

    आन्दोलन जारी रहने, ईष्ट मित्रहरुले आन्दोलनमा सहयोग गर्न स्वभाविक – नेता ठाकुर

    माघ २० पर्सा
    जियालाल साह
    आन्दोलन जुन अवस्थामा छन, त्यसै अवस्थामा जारि नै रहने तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।
    वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा यहाँ मात्रै आन्दोलन, धर्ना, कलकारखाना ठप्पको सवालमा नेता ठाकुरले यस जिल्लाका जनताहरुले धर्नामा बसेर सहयोग गरेको बताउदै, माग पुरा नभएसम्म सिमामा धर्ना र आन्दोलन चलि नै रहने प्रष्टाएका हुन् । अरु नाकाहरुको सवालमा सहर नजिकै बोर्डर भएकाले झडप विरोध र घाईते हुन पुगेकाले अहिलेलाई केहि खुकुलो भएको बताए । अरु  जिल्लाको सवालमा शान्तिपुर्ण विरोध, आमसभा मोर्चाको तर्फबाट भईनै रहेको बताउदै पहिला पनि राजतन्त्र हटाउन आन्दोन भएका हुन् पटक पटक विथलिन्थ्यो तर पनि समय सन्दर्भमा प्रर्दशन जुलुस भईरहन्थ्यो त्यसैगरि माग पुरा नभएसम्म मधेश आन्दोलन पनि जारि नै रहने बताएका थिए । फरक प्रसङ्गमा देशकै ठुलो नाका बन्द छ, सरकारलाई दबाब नै छन् त्यसैले मधेशी जनताको माग पुरा हुने उनले विश्वास व्यक्त गरेका थिए ।
    एक फरक प्रसंगमा मधेस आन्दोलनलाई भारत संग जोड्नु दुखद भएको बताउदै दुखको बेलामा आफनो ईष्ट मित्रहरुले आन्दोलनलाई पुर्ण समर्थन गर्नु स्वभाबिकै भएको बताएका थिए । उनले भारतले नाकाबन्दी गरेको भनेर सरकारले भन्नु र सबै समानहरु बाटो मै थन्कीरहेको बताउनु सरकारले आन्दोलन विथोल्नका लागि आरोप मात्रै लगाउने गरको नेता ठाकुरले बताएका थिए । जारी मधेस आन्दोलनलाई सरकार र तस्करहरुले बदनाम गर्ने गरेकाले मोर्चाको अगामी बैठकबाट नाकाबन्दी संगैै यसका लागि समेत नयाँ कार्यक्रमहरु सार्वजनिक गरिने बताएका थिए ।
    यसैगरी मधेश केन्द्रित दलका महागठबन्धको बारेमा समय समयमा बैठक बसिर छलफल भईरहेको र चाडै नै एउटा निश्कर्ष निस्कने उनले बताए । यसैपनि विभिन्न समयमा आन्दोलनलाई सफल बनाउन संयुक्त रुपमा विरोधका कार्यक्रमहरु भएका छन् त्यसलाई अझै सार्थक बनाउन पहल भईरहेको नेता ठाकुरले बताएका थिए ।
    मधेश आन्दोलनमा घाईते उपचार नभएको सवालमा सरकारले आफनो जिम्मेवारीबाट विमुख भएर अहिले सम्म उपचारको व्यवस्था नमिलाएको गुनासो गर्दै, मधेशी मोर्चाले सके जति गरिरहेको दाबि गरेका थिए । उनले भने, घाईतेहरुको उपचारमा लाखौँ खर्च भईसकेकाले उपचारको लागि अझै मोर्चा सचेत रहेको बताए । अझै पनि घाईतेहरुको उपचारमा मोर्चाको तर्फबाट कुनैपनि कमि नगरेको दोह्रयाएका थिए ।
    कार्यक्रममा तमलोपाका केन्द्रिय उपाध्यक्ष बृखेशचन्द्र लाल, महामन्त्री एवं पुर्व सभासद जितेन्द्र सोनल, संसदिय दलका उपनेता सभासद वृजेश गुप्ता,सभासदद्वव कमलेश्वर पुरी र रमेश कुर्मी ,केन्द्रिय सदस्यहरु पुरुषोत्तम झा, जितेन्द्र सिंह,नवलकिसोर सिंह, जनारधन यादव, श्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सहजिकरण संतोष पटेलले गरेका थिए ।



    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आन्दोलन जारी रहने, ईष्ट मित्रहरुले आन्दोलनमा सहयोग गर्न स्वभाविक – नेता ठाकुर Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top