-

  • नयाँ खबर

    08 March, 2016

    महिलाको संवैधानिक अधिकार कार्यन्यवनमा जोड

    फागुन २५ बीरगन्ज । नयां संविधानमा अन्तरहित महिला अधिकारको कार्यन्यवन गर्नु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिनु भएको छ । १०६ औ श्रमिक महिला दिवशको अवसरमा अखिल नेपाल महिला संघ पर्साले आयोजन गरेको कार्यक्रमका वक्ताहरुले संवैधानिक अधिकार प्रत्येक निकायमा लागु हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरीले संवैधानिक अधिकारकालागि महिलाहरु एकजुट भएर अगाडी बढन आग्रह गर्नु भयो । संविधानले महिलालाई पुरष सरह अधिकार दिएको दाबी गर्दै चौधरीले कार्यन्यवन पक्षलाई बलियो बनाउनु पर्ने बताउनु भयो । अनेमा संघकी केन्द्रिय सदस्य निर्मला देवकोटाले महिला मैत्री कानुन कार्यन्यवनमा देखिएको कमजोरीलाई सुधार गर्नुका निम्ती महिलाहरु अग्रसर हुनु पर्ने बताउनु भयो । ३३ प्रतिशत महिला आरक्षण आआफनो संगठन, पार्टी र सरकारमा लागु गराउन सबैले इमानदारी भुमिका खेलनु पर्ने आवश्यक रहेको उहाले बताउनु भयो ।
    अनेमा संघकी पर्सा अध्यक्ष उषा चौधरीको सभापतित्वमा भएको कार्यक्रममा एमाले पर्सा क्षेत्र न. १ का अध्यक्ष नवराज शर्मा, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी, महिला नेतृ विना शर्मा, चौतारीका सल्लाहकार बृजलाल पासवान लगायतकाले महिला सबलीकरणको विषयमा मन्तव्य राखेका थिए । कार्यक्रममा युवा संघ पर्साका अध्यक्ष श्याम गुप्ता, युवा नेता संतोष पासवानको सहभागिता रहेको थियो ।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: महिलाको संवैधानिक अधिकार कार्यन्यवनमा जोड Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top