-

  • नयाँ खबर

    12 February, 2016

    भूकम्पपछि हराएको खोजी गरिदिन आफन्तको उजुरी

    मेलम्ची, २९ माघ । सिन्धुपाल्चोक जिल्लाबाट भूकम्पपश्चात् आठजनाले आफ्नो परिवारका सदस्य बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, चौतारा र मातहतका कार्यालयमा आफन्त खोजी गर्न उजुरी दिएका छन् ।
    बर्दियाका ३६ वर्षीय भूपेन्द्रबहादुर भुसाल भूकम्पपश्चात् तातोपानी–३ बाट सम्पर्कविहीन भएको र हालसम्म निजको अवस्थाबारे अनभिज्ञ भएकाले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको निजका बुबा केशव भुसालले बताए ।
    खोटाङ चमसिटार–६ का सेते राई सिन्धुपाल्चोकबाट बेपत्ता भएकामा खोजीकार्यका लागि जिप्रका चौतारामा उजुरी दिएको प्रहरी निरीक्षक केदार बस्नेतले बताए ।
    घरमा खेलेर बसिरहेको अवस्थामा चौतारा–९ का दुई बालिका अनुषा तामाङ र अस्मी तामाङ भूकम्पपश्चात् हालसम्म सम्पर्कमा नआएकाले खोजी गरिदिन जिप्रकामा उजुरी दिएको अस्मीका आमा सुस्मिता तामाङले बताए ।
    त्यस्तै ५४ वर्षीया हीरामाया गुरुङ तातोपानी–१ बाटै बेपत्ता भएकी छिन् ।
    थाङ्पालकोट–२ का नेर तामाङको पनि अहिलेसम्म अत्तोपत्तो छैन । वैशाख १२ गतेदेखि बेपत्ता भएका उनी थाङ्पालकोटको थलेको पहिरोमा पुरिएको हुन सक्ने आफन्तले आशङ्का गरेका छन् । उनको खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी परेको प्रहरी निरीक्षक नीरज डाँगीले बताए ।
    भूकम्पले घर भत्केपछि त्रिपाल लिन कात्तिके बजार गएका पाङ्ताङ–४ का चन्द्रबहादुर श्रेष्ठ र ससुराली हिँडेका गाती–२ का ५७ वर्षीय टेकबहादुर तामाङ वैशाख १३ गतेदेखि बेपत्ता भएका छन् ।
    प्रहरीमा आएको उजुरीमा आठजना मात्र बेपत्ता छन् तर सम्पर्कविहीन भएका सयौँको अझै पत्ता लागेको छैन । केहीले आफ्ना आफन्त पहिरोमा पुरिएको आशङ्का गरेका छन् भने केही अझै कतैबाट आइहाल्छन् कि भन्ने आशामा बसेका छन् ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: भूकम्पपछि हराएको खोजी गरिदिन आफन्तको उजुरी Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top