-

  • नयाँ खबर

    04 September, 2016

    साथीहरुलाई हृृदयत : आभार तथा शुभकामना


    राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा महिला उत्थान, महिला सशक्तीकरण र महिला अधिकारको रुपमा अनगिन्ती कार्यहरुको शुरुवात भईरहेको अवस्थामा तराईका महत्वपूर्ण जिल्लाहरुका महिला पत्रकार साथीहरुको समग्र प्रयासबाट आउन लागेको ‘मध्य नेपाल सन्देश’ नामक पत्रिकाले पक्कै पनि महिलाहरुको आवाज समेटिने उद्देश्य यस पत्रिकाको रहने छ भन्ने मेरो विश्वास रहेको छ । यस पत्रिकाले हाम्रो समजमा रहेका कुरिती, विकृति, विभेद, तथा अपराधिक क्रियाकलापको साथसाथै खासगरी मधेशी समाजमा जकडिएर रहेको दाईजो प्रथा, बाल विवाह, बोक्सीको नाममा गरिने हिंसा, घरेलू हिंसा लगायतका समस्यालाई उजागर गर्ने र विषयवस्तू हरुलाई सबैभन्दा बढी महत्व दिएर समेटिने आशा लिएको छु । किनभने कयौ नेतृत्व वर्ग फेरिए, राजनैतिक नेता विभिन्न वाचाका साथ आए र गए तर पनि महिला सशक्तीकरण आवश्यकताको शब्द मात्र बन्न पूग्यो र अझ पनि महिला सशक्तिकरणले व्यवहारिक रुपमा मूर्त रुप लिन सकेको छैन । शोषण रहित र समतामूलक समाज नेपाली समाजको आवश्यक्त हो । यहि सिद्धान्तको मान्यताका साथ हाम्रा महिला पत्रकार साथीहरु खेजमुलक तथा समाजको विकृति विरुद्ध समग्र महिला विकासको स्थिति र आवश्यकतालाई ध्यानमा राखेर समाजको वास्तविकता राष्ट्रिय स्तरमै चर्चाको विषय होस् हामी सबैको साथ रहने प्रतिवद्धता जनाउँदछु । अझै यस पत्रिकाले अरुले गर्न नसकेका ठाँउमा पनि अत्यन्त ठुलो सहयोगि बन्ने अपेक्षा गरेकी छु । 
    अन्त्यमा यस ‘मध्य नेपाल सन्देश’ पत्रिका प्रकाशनमा संलग्न हूने सम्पूर्ण पत्रकार साथीहरु लगायत सबै सहयोगी साथीहरुलाई पनि हृ¥दयत : आभार तथा शुभकामना व्यक्त गर्दछु । 
    डा. सुषमा तिवारी द्विवेदी
    वीरगंज, पर्सा 
    नेपाल 

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: साथीहरुलाई हृृदयत : आभार तथा शुभकामना Rating: 5 Reviewed By: Madhaya Nepal Sandesh

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top