-

  • नयाँ खबर

    10 January, 2016

    आज दोस्रो दिन विद्यार्थीहरुको लागि ‘सेल योर सेल्फ’ तालिम समपन्न, आफ्नो लक्ष्यमा लगनका साथ लाग्नुपर्नेमा जोड ।

    पुस २६ पर्सा
                     विद्यार्थीहरुले आफनो लक्ष्यमा पुग्नका लागि लडिराखे एकदिन अवश्य लक्ष्य पाउनुहुने प्रिडियेन्सिएल ईन्सुरेन्स कम्पनीका वीरगंज प्रमुख अमर गौतमले बताउनु भएको छ ।
                   वीरगंज पब्लीक कलेजले आज दोस्रो दिन होटल मकालुमा ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरेको ‘सेल योर सेल्फ’ तालिम कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका गौतमले लक्ष्य विनाका व्यक्ति  सफल हुन नसक्ने बताउनुभएको थियो । अर्को प्रशङ्गमा हाँगामा बसिरहेको चराले आफ्नो पखेटामा विश्वास गर्छन हाँगा भाचेपनि उडन सकु भनेर त्यसैगरी विद्यार्थीहरुले पनि अरुको भर नपरि आफ्नो क्षमतामा विश्वास गर्न सक्नलाई आफुलाई दक्ष बनाउनु पर्ने बताउनु भएको थियो ।
                  यसैगरी एउटा डक्टरले लापरवाहि गरे सय जना व्यक्तिले ज्यान गुमाउन सक्छन, एक ड्राईभरले गल्ती गरे ४०÷४५ जना यात्रुको ज्यान जान सक्छन् तर एउटा शिक्षकले आफनो जिम्मेवारी विर्सेको खण्डमा एउटा पुस्ता नै समाप्त हुने एभिन्यूज टेलिभिजनका ब्यूरो प्रमुख राजु श्रेष्ठले बताउनु भएको थियो । प्रतिस्पर्धी युगमा विद्यार्थीसंग संगै शिक्षक पनि उतिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो ।
                  कार्यक्रममा कलेजका प्रमुख हरिरत्न तुलाधार, पत्रकार जियालाल साह, रेडियो तराईका निर्देशक अजय पटेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रममा कलेजका कोर्डिनेटर प्रेम पटेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने राष्ट्रिय स्तरमा ख्याति कमाएका प्रशिक्षक डा। दिपक शाक्य लगायतकाले विद्यार्थीहरुलाई प्रशिक्षक दिनु भएको थियो । कार्यक्रमको सहजिकरण कलेजका विद्यार्थी निधि र मुस्कान श्रेष्ठले गरेकी थिईन ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: आज दोस्रो दिन विद्यार्थीहरुको लागि ‘सेल योर सेल्फ’ तालिम समपन्न, आफ्नो लक्ष्यमा लगनका साथ लाग्नुपर्नेमा जोड । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।