-

  • नयाँ खबर

    30 January, 2016

    सयौँ नेपाली यूवालाई कुलतमा फसाएका, लागु औषध गिरोहका नाईके पक्राउ

    पक्राउ परेका लागु औषधका नाईकेलाई सार्वजनिक गर्दै प्रहरी ।
    माघ १६ पर्सा   
    जियालाल साह
    लागु औषध गिरोहको नाईकेलाई खैरो हिरोईन र लागु औषध सहित पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्साले  आज सार्वजनिक गरेको छ ।
    भारत विहार पुर्वि चम्पारण जिल्लाको रक्सौल थाना वडा नम्बर १२ बस्ने सलमान भाईको उपनामले प्रख्यात देवेन्द्र कुमार सुमनलाई शुक्राबार दिउसो प्रहरीले वीरगंज उप महानगरपालिका वडा नम्बर १९ ईनर्वा प्रहरी चौकि अगाडीबाट सुराकिको अधारमा पक्राउ गरेको हो । उनको साथबाट खैरो हिरोईन २८ ग्राम, डाईजिपाम, फेनारगण र नर्फिन एक सय दश, दश पिस र ८ हजार ९ सय ४५ नेपाली रुपैया र ३ सय ३० रुपैया भारतिय रुपैया समेत बरामद गरेको हो ।
    पक्राउ परेका सुमन मधेश आन्दोलन कै क्रममा ८/१० जना युवा जम्मा पारी सलमान भाईको नारा लगाउदै आन्दोलन ताकै नेपाल भारत सिमानाकाको धर्नास्थल मितेरी पुलमा चर्चित रहेका थिए । शुक्रबार नेपालका डिलरहरुसंग १० लाख रुपैयामा सहमति भएर लागु औषध तथा खैरो हिरोइन ल्याएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता होविन्द्र बोगटिले बताए । उनले भने पक्राउ परेका सुमनले सयौँ नेपाली युवालाई लागु औषधमा फसाएका छन् । यिनैको कारण वीरगंज, जनकपुर, काठमाडौँ लगायतको रिहाब सेन्टरहरु चलिरहेका छन् । सुरुमा ड्रग प्रयोगका लागि दिन्छन् पछि नेपाली युवाहरु छुटकरा पाउनलार्य बाध्य भएर रिहाब सेन्टरहरुमा भर्ति हुने गर्दछन् । 
    भारतदेखि नेपाल सम्मको लागुऔषधको संजाल बारे जनकारी गराउदैँ पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ ।
    ५ वर्ष अगाडी देखि सलमान भाईको नामले अफ्नो भिजिटिङ कार्ड बनाएर नेपालको काठमाडौँ, ललितपुर, चितवन, नरायणघाट, हेटैडा, विराटनगर, लगायत विभिन्न ठाउँमा आफनो डिलर राखेर लागुऔषधको गिरोह सञ्चालन गरिरहेको अवस्थामा उनलाई पक्राउ गरेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । सुमनले भारतको मझफरपुर, मोतिहारी, पटना लगायतको स्थानबाट लागुऔषध ल्याई रक्सौलमा भण्डारण गरि आफुले सञ्चालन गरेको माँ दुर्गा ड्रग एजेन्सी मार्फत नेपालको विभिन्न ठाउमा सप्लाई तथा विक्रि वितरण गर्दै गरेका थिए । अपराधिको कुनैपनि पार्टि, जात, क्षेत्र नभएकाले अपराधि मानव समाजको विरोधी र समाजको विरोधी समेत विरोधी भएकाले प्रहरीले अपराधिलाई आन्दोनसंग कुनैपनि साठघाठ भए, नभएपनि अपराधको दृष्टीकोणले कार्वाहि गर्ने प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।




    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सयौँ नेपाली यूवालाई कुलतमा फसाएका, लागु औषध गिरोहका नाईके पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top