-

  • नयाँ खबर

    30 January, 2016

    नेपाल युवा विश्वकपको कवाटरफाईनलमा

    माघ १६, पर्सा
    उमेर समूहको विश्व क्रिकेटमा समृद्ध इतिहास रहेको नेपालले शनिबार त्यसमा अर्को कोशेढुंगा उपलब्धी थपेको छ । नेपालले यसका लागि बंगलादेशमा भइरहेको यू १९ विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको हो । नेपाल युवा विश्वकपको अन्तिम आठमा पुगेको यो दोस्रो पल्ट हो ।
    प्रतियोगिताको समूह डी मा नेपालसँगै भारत लगातार दुईरदुई खेल जितेपछि यो स्थिति तयार भएको हो । भारत पनि प्रतियोगितको अन्तिम आठमा पुगेको छ । नेपालले आफ्नो दोस्रो खेलमा आयरल्यान्डलाई आठ विकेटले हराएको हो । नेपालले पहिला खेलमा न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो ।
    नेपाल यसअघि सन् २००० को यू १९ विश्वकपमा क्वाटरफाइनल पुगेको थियो । तर त्यति बेला नेपाललाई भाग्यले साथ दिएको थियो । यसपल्ट भने नेपालले मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै यो उपलब्धीलाई आत्मसात् गरेको हो । अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।
    लगातार दुई खेल हारेपछि यो समूहका अरु दुई टिम न्युजिल्यान्ड र आयरल्यान्डको चुनौती समाप्त भएको छ । उनीहरूबीचको लिगको अर्को खेलको औपचारिक अर्थ हुने छैन् । उनीहरूले अब प्लेट च्याम्पियनसिपमा खेल्नेछन् । भारतले भने शनिबारको अर्को खेलमा न्युजिल्यान्डलाई १ सय २० रनले हराएको हो ।
    पहिले ब्याटिङ गरेको भारतले त्यस खेलमा आठ विकेट गुमाएर २ सय ५८ रन बनाएको थियो । जवाफमा न्युजिल्यान्डले ओभरमा ३१.३ ओभरमा अलआउट भएर १ सय ३८ रन मात्र जोड्न सक्यो । यसअघि भारतले आयरल्यान्डलाई हराएको थियो ।  
    नेपालको क्वाटरफाइनलमा प्रतिद्वन्द्वी भने तय हुन बाँकी छ । त्यसका लागि नेपाल र भारतबीचको खेल तथा त्यसपछि तय हुने समूह विजेता र उप विजेताले निर्णायक भूमिका खेल्नेछ । समूह डी को क्वाटरफाइनल समीकरण समूह ए सँग रहेको छ । यस समूहमा बंगलादेश, दक्षिण अफ्रिका, नामिबिया र स्कटल्यान्ड छन् ।
    समूह डी को विजेताले समूह ए को उप विजेतासँग खेल्नेछ । यस्तै समूह डी को उपविजेताले समूह ए को विजेतासँग खेल्नेछ । अन्तिम खेल अगाडि समूह डी मा भारत पहिलो र नेपाल दोस्रो स्थानमा छ ।
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाल युवा विश्वकपको कवाटरफाईनलमा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top