-

  • नयाँ खबर

    14 January, 2014

    दलित बालबालिकाहरुलाई पूर्व प्राथमिक शिक्षा प्रदान

     पढदै दलित बालबालिकाहरु ।
    वीरगंज, ३० पुस गैर सरकारी संस्था चेक नेपालद्वारा पर्सा र बारामा संचालित बाल बिकास केन्द्रहरुको आज संचारकर्मीहरुको एक टोलीले स्थलगत अवलोकन भ्रमण गरेको छ । बिशेषगरी दलित समुदायका बालबालिकाहरुलाई  (सामाचारका लागि Read more » किलिक गर्नुहोस् ।)
    लक्षित गरी संचालन गरिएका केन्द्रहरुको संचारकर्मीहरुको टोलीले स्थलगत अनुगमन गरेको हो । बाराको लिपनीमाल गाविसको वडा नम्बर–८ र ९ तथा वीरगन्जको वडा नम्बर–१ र १९ मा रहेका बालबिकास केन्द्रहरुको स्थलगत अनुगमन सञ्चारकर्मिहरुले गरेको छ । बाराको लिपनीमाल–८ चैनपुरमा रहेको लाली गुरांस बाल बिकास केन्द्र, वडा नम्बर–९मा रहेको सेतो गुरांस बाल बिकास केन्द्र सहित पर्साको वीरगन्ज–१ बजार छपकैंयामा रहेको उज्जवल बाल बिकास केन्द्र र वीरगंजकै वडा नम्बर–१९ मा रहेको पशुपति बाल बिकास केन्द्रको अनुगमन गरिएको छ । प्रत्येक बिकास केन्द्रमा करिब ३ बर्षदेखि ५ बर्षसम्मका दलित सामुदायका बालबालिका रहेको चेक नेपालका कार्यक्रम संयोजक दामोदार यादवले बताउनु भएको हो । बालबालिकाहरुलाई पूर्व प्राथमिक शिक्षा प्रदानका लागि प्रत्येक केन्द्रमा दुईजना कर्मचारी समेत राखेर शिक्षा दिईरहेको उनले बताए । बिद्यालयको पहुंच भन्दा बाहिर रहेका दलित समुदायका बालबालिकाहरुलाई सहज रुपमा बिद्यालयसम्म पु¥याउने आफूहरुको मुख्य योजनाका साथ दलित बस्तीमा बालबिकास केन्द्र संचालन गरिएको यादवको भनाई छ । सबै केन्द्रका बालबालिकाहरुलाई खाजा सहित बिद्यालय पोशाकको ब्यवस्था चेक नेपालले नै गरिदिएको छ । चारवटै केन्द्रमा करिब एकसय बालबालिकाहरुले सिकाइ सिकिरहेका छन् । भ्रमण टोलीमा नेपाल पत्रकार महासंघका सहसचिव कृष्णउदास खनाल, कान्तिपुर दैनिकका शंकर आचार्य, कारोवार दैनिकका अनुप तिवारी, नारायणी एफएमका निरज पिठाकोटे, एभीन्यूज टिभीका जीयालाल साह र प्रतीक दैनिकका राधेश्याम पटेल लगायतका संचारकर्मीहरु रहेको थिए ।


    ऋृजनात्मक अभ्यास गर्दै बालबालिकाहरु ।
    संचारकर्मिहरुको स्थलगत भ्रमण टोलीमा बायाँवाट संयोजक दामोदर यादव संगै नेपाल पत्रकार महासंघका सहसचिव कृष्णउदास खनाल, नारायणी एफएमका निरज पिठाकोटे, कारोवार दैनिकका अनुप तिवारी, कान्तिपुर दैनिकका शंकर आचार्य र प्रतीक दैनिकका राधेश्याम पटेल लगायतका संचारकर्मीहरु रहेको थिए । ।।

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: दलित बालबालिकाहरुलाई पूर्व प्राथमिक शिक्षा प्रदान Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top