-

  • नयाँ खबर

    18 March, 2014

    यस्तो रहेछ गगनले संसदमा बोल्न नपाएको कुरो

    ४ चैत, काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयमा मंगलबार व्यवस्थापिका संसदमा चर्काचर्की परिरहेका बेला पछिल्लो सीटमा बसेका सभासद गगन थापाले पनि बोल्नका लागि समय माग्दै उभिएर हात उठाए । तर, थापाले सभामुखबाट बोल्ने समय पाएनन् ।
    संसदमा बोल्ने समय नपाएका थापासँग समस्या समाधान गर्ने कुनै सूत्र पो थियो कि थापाले भने, ‘यो विषयमा संसदमा भएको बहस समस्या समाधान गर्ने भन्दा पनि सनातनी पाराको भयो, थापाले बैठकपछि भने, ‘मैले प्रधानमन्त्रीलाई भनें, सरकारको असंवेदनशीलता र अपरिपक्वता देखियो, संसदमा विषय प्रवेश हुनु राम्रो हो, तर विपक्षीबाट पनि विरोधका लागि विरोध मात्र भयो, निकास सहतिको विरोध भएन । उनले थपे विगतमा हामी पनि यसैगरी विरोधमात्र गथ्र्यौैं ।’
    सभासद थापाले भने ‘यतिबेला सरकारसँग समस्या कसरी हल गर्ने भन्ने जवाफ छैन, विरोध गर्ने विपक्षीसँग पनि यसको समाधान छैन । संसदमा भएको बहस सनातनी पाराको छ, तथ्यमा टेकेर गरिएको छैन ।’
    समस्या समाधानको उपाय
    मूल्यवृद्धिको विरोध गर्नेहरुले समस्याको समाधान पनि निकाल्नुपर्ने सभासद थापाको तर्क छ । आयल निगमको व्यवस्थापकीय सुधारले मात्रै समस्या समाधान नहुने भन्दै थापाले यसबारे ऐन कानूनमै सुधार गरिनुपर्ने बताए । ’आयल निगमको सुधारका लागि बनेको चारवटा प्रतिवेदन भन्दा पनि भीम आचार्यको अध्यक्षतामा बनेको आयोगले दिएको सुझाव कार्यान्वय मात्र गर्ने हो भने समस्या समाधान हुन्छ, थापाले अनलाइनखबरसँग भने ‘आचार्यको प्रतिवेदनमा ऐनमै सुधार गरिनुपर्ने उल्लेख छ, अब हामीले नयाँ ऐन बनाउनुपर्छ ।’
    ससंदले यससम्बन्धी नयाँ ऐन ल्याउन सरकारलाई अह्राउनु उपयुक्त हुने सभासद थापाको सल्लाह छ । ‘सरकारले मूल्य घटाएर मात्रै समस्याको समाधान हुँदैन, बढाएर पनि हुँदैन, हामी १७ सयमा ग्यास किनेर १४ सयमा बेचिराखेका छौं, आयल निगम १ सय ५ करोड घाटामा छ,’ थापाले भने ‘अब थप घाटा भए पनि तत्कालै मूल्यवृद्धि फिर्ता गरौं र यसमा व्यवस्थापिका संसदमा अलग्गै सेसन नै चलाएर समस्याको तथ्यपरक ढंगले समाधान निकालौं । आयल निगमलाई मात्रै सुधारेर यो समस्याको समाधान हुँदैन ।’
    साथै आचार्यको प्रतिवेदन कार्यान्वयन गर्ने हो भने भारतसँग भएको रेल्वे सम्झौता पनि परिमार्जन गरिनुपर्ने थापाले बताए ।
    सरकारले संसदमा जवाफ दिनुभन्दा पहिले पेट्रोलियम पदार्थको मूल्य बढाउनुको साटो नीति तथा कार्यक्रम ल्याएर आफ्नो अर्थ राजनीतिक एजेन्डा जनतामा प्रष्ट राख्नुपर्ने थापाले बताए ।



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यस्तो रहेछ गगनले संसदमा बोल्न नपाएको कुरो Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top