-

  • नयाँ खबर

    07 March, 2014

    पर्सा जिल्लामा अपराध नियन्त्रणमा उल्लेख्य सुधार वक्ताहरु ।


    वीरगंज, पर्सा
    २३ फागुन
    पर्सा जिल्लामा विगत एक बर्ष यता अपराध नियन्त्रणमा उल्लेख्य सुधार आएको वीरगंजमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
    जिल्ला प्रहरी कार्यालय पर्सा र रेश नेपालको संयुक्त आयोजनामा आज वीरगंज सम्पन्न शान्ति सुरक्षाको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले प्रहरी प्रशासन र नागरिक समाजको आपसी समन्वयका कारण अपराध नियन्त्रणमा सुधार भएको दावी गर्नु भयो । वहांले स्थानिय निकाय जनप्रतिनिधि विहिन भएको अवस्थामा नागरिक समाज र प्रहरी प्रशासनको भूमिका अझ सशक्त हुनु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा अञ्चल प्रहरी कार्यालय नारायणी विरगंजका प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनालले गुण्डा गर्दी अपराध तथा तस्करी नियन्त्रणका लागि सवै आ–आफ्नो स्थानबाट सक्रिय रुपमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिंहले अपराध नियन्त्रणमा पर्सा प्रहरीले गरेका गतिविधिका बारेमा कार्य पत्र प्रस्तुत गर्नु भएको थियो । विगत ८ महिनामा अपराध नियन्त्रणका लागि पर्सा प्रहरीले सार्वजनिक अपराधका २ सय ८१ वटा मुद्दामा कारवाही गरेको, लागु औषध, कर्तव्य ज्यान, हात हतियार खरखजाना, बलात्कार, बोक्सी लगायतका घटनाहरुमा संलग्न भएका ११ सय ७२ जनालाई नियन्त्रणमा लिई अनुसन्धान पछि ४ सय ७६ जनालाई कारवाही गरेको तथ्यांक सार्वजनिक गर्नु भयो ।
    कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुवोध गुप्ता, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जरा, पूर्व अध्यक्ष के.सी.लामिछाने लगायत राजनीतिक दलका प्रतिनिधिहरु नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।







    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पर्सा जिल्लामा अपराध नियन्त्रणमा उल्लेख्य सुधार वक्ताहरु । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top