-

  • नयाँ खबर

    10 March, 2014

    यी हुन् रामकृष्ण ढकाल २ भिडियोसहित

    तिमी हामीभन्दा ठूलो गायक बन्नेछौ। धेरैले उनलाई नयाँ रामकृष्ण ढकाल २ पनि भन्न थालेका छन्।

    काठमाडौ, फाल्गुन २६

    यी आँखामा तिमी छ्यौ

    यो मनमा तिमी छ्यौ

    देखाउन पो त गाह्रो

    जीवनमा तिमी छ्यौ।।।।

    यतिबेला फिल्म नाइँ नभल्नु ल २ को यो गीत निकै चर्चामा छ। रेडियो, टेलिभिजन, मोबाइल रङ्टिोन र युट्युबमा घन्किरहेको यो गीतका रचनाकार कृष्णहरि बराल र संगीतकार वसन्त सापकोटा हुन् भने स्वर प्रेम परियरको। कृष्णहरि र वसन्त दुवै नेपाली संगीतमा स्थापित नाम हुन् भने प्रेम बिलकुल नयाँ। तर, गीतको शब्द र संगीतभन्दा स्वर निकै रुचाइएको छ। प्रेमले गाएको यही फिल्मको अर्को गीत मर्ने कसैलाई रहर हुँदैन।पनि निकै हिट भइरहेको छ।

    १३ वर्षीय यी फुच्चे गायक प्रेम तीन वर्षअघिसम्म धादिङको मलेखुको सडकमा गीत गाउँदै हिँड्थे। स्कुलबाट भागीभागी बाटामा भेटेजतिलाई गीत सुनाउँथे। गीत सुनाइसकेपछि सय(पचास रुपियाँ हात पथ्र्यो। तर, यो तीन वर्षको बीचमा उनको स्वर विश्वभर रहेका धेरै नेपालीको कानमा गुन्जिसकेको छ। गीत गाउनकै लागि उनी कतार, हङ्कङ् र कोरिया पुगिसकेका छन्। एउटा गरबि परिवारमा जन्मिएका किशोर एकाएक स्टारु बनेका छन्।

    मलेखुदेखि काठमाडौँ हुँदै देशविदेश यात्राको गोरेटो त्यत्तिकै कोरिएको होइन। प्रेमको आवाजलाई प्रेम गर्ने सहयोगीकै कारण उनको जीवनमा छोटो समयमा धेरै परविर्तन देखा पर्‍यो। भयो के भने, पोखरामा परिचय नामक फिल्मको सुटिङ् सकाएर नायक सुशील क्षेत्री र कलाकार शिशिर राणा काठमाडौँ फर्कदैंगर्दा मलेखुमा प्रेमलाई भेटे। बच्चैदेखि नेपाली फिल्म हेर्ने प्रेमले सुशीललाई नचिन्ने कुरै भएन। फिल्ममै देखिरहेको हिरो अगाडि भएपछि उनी गीत गाउन किन पछि पर्थे र रु त्यसैले बिनाहिच्किचाहट गीत गाउन थाले तर सुशील र शिशिरले वास्तै गरेनन्। गीत गाएपछि पैसा माग्छ भनेर सुरुमा हामीले खासै वास्ता गरेनौँ, त्यो क्षण सम्झँदै शिशिर भन्छन्, तर, गीत गाउँदै गएपछि हामी अवाक् भयौं। त्यति सानो फुच्चेले त्यति मीठो गीत गाएको मैले पहिलोपटक सुनेको हुँ।

    स्रोत यु ट्यूब


    प्रेमको गीत सुनेपछि सुशील र शिशिर कतिसम्म प्रभावित भए भने भोलिपल्टै संगीतकार महेश खड्का र गायक प्रमोद खरेललाई मलेखु बोलाए। प्रेमले प्रमोदको मेरो दिल छ पोखरामा। बोलको गीत सुनाए। त्यतिबेलै प्रमोदले भनेका थिए, यो फुच्चेले त मैले भन्दा राम्रोसँग गायो।

    महेश पनि प्रेमको फ्यान बने। त्यसपछि उनीहरूलाई लाग्यो, यति मीठो स्वर भएको बच्चालाई काठमाडौँ नै लानुपर्छ। त्यसमा पनि शिशिर अझ अग्रसर भए र प्रेमका बाबुआमासँग कुरा गरे। गीत गाएकै भरमा त्यसअगाडि पनि पत्रकार देवप्रकाश त्रिपाठीले प्रेमलाई स्थानीय बोर्डिङ् स्कुलमा पढ्ने व्यवस्था मिलाइदिएका रहेछन्। काठमाडौँमा लगेर बोर्डिङ्मा पढाउने र संगीत सिकाउने भनेपछि उनका बाबुआमाले नाइँ भनेनन्। त्यसको १२(१५ दिनमा उनलाई शिशिरले काठमाडौँ ल्याए र आफ्नै घरमा राख्न थाले। अहिले पनि प्रेम कुपन्डोलस्थित शिशिरकै घरमा छन्।

    कुपन्डोल आइपुग्दा नपुग्दै प्रेमको स्वर युट्युबमा हिट भइसकेको थियो। उनले मलेखुमा गाउँदै गरेको भिडियो खिचेर कसैले युट्युबमा राखिदिएको थियो। युट्युबमा हजारौँले उनको तारफ गरसिकेका थिए। काठमाडौँ आएपछि उनी गायक अमृत क्षेत्रीको सुरशाला इन्स्िटच्युटमा संगीत सिक्न थाले। सुरशालामै गाएको तुझसे नाराज। बोलको हिन्दी गीतको भिडियो युट्युबमा अपलोड गरेपछि उनी झन् चर्चित भए। विदेशबाट पनि गाउनका लागि अफर आउन थाल्यो। तर, त्यतिबेला उनी सातदोबाटोस्थित युनाइटेड स्कुलमा कक्षा ३ मा भर्ना भइसकेका थिए। पढाइ छाडेर विदेश जान निकै गाह्रो थियो। पढाइमा कमजोर भएकाले स्कुलले भनेजति बिदा दिँदैनथ्यो। तर, १०(११ वर्षको बच्चालाई विदेशबाट गायनको अफर आउँदा स्कुल अवरोध बन्न चाहेन। युनाइटेड स्कुलकी प्रिन्सिपल सीमा राई भन्छिन्, छुटेको कक्षा पछि छुट्टै लिने गरी विदेश जान अनुमति दिन थाल्यौँ।प्रेम कोरिया, हङ्कङ् र कतार पुगे। प्रत्येक देश जाँदा उनले सरदर ७५ हजार रुपियाँ पाए।

    अरूकै गीत गाएर हजारौँको मन जितिरहेका बेला करबि पाँच महिनाअगाडि प्रेमले नाइँ नभन्नु ल २ मा पाश्र्व गायनको अवसर पाए। यो गीत गाउने मौका जुर्नुमा पनि बडो गज्जबको संयोग छ। विकास आचार्य बालसुलभ कथामा आधारति सिनेमा निर्माणमा जुटेका थिए। फिल्मको मुख्य कलाकारका निम्ति उनलाई मीठो स्वर भएको बच्चा चाहिएको थियो। उनले दर्जनौँ बच्चाको स्वर सुने। तर, कसैले उनको मन जित्न सकेनन्। त्यही बेला कसैले उनलाई युट्युबमा प्रेमको गीत देखाइदियो। तुझसे नाराज र मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो। बोलका प्रेमले गाएका गीत हेरेपछि विकास बिना भोकल टेस्ट उनको स्वर रेकर्ड गर्न तयार भए। युट्युबमा प्रेमको गीत हेरेपछि यति प्रभावित भएँ कि सीधै स्टुडियोमा रेकर्ड गर्न लगाएँ,निर्देशक आचार्य सम्झन्छन्।

    तर, स्टुडियोमा पहिलोपटक गाउँदा प्रेम निकै असहज देखिए। मेरो अगाडि सबै नचिनेका मान्छे थिए। त्यसमाथि टाउकोमा हेडफोन लगाएपछि मुटु थरथर काँप्यो। गाउन सक्दिनँ कि जस्तो लागेको थियो,उनी सम्झन्छन्, तर, विकास अंकलले सम्झाएपछि डर भाग्यो। त्यसपछि त मलेखुमा जस्तै खुलेर गाउन थालेँ।गीत रेकर्ड गर्न तीन घन्टा छुट्याइएकामा प्रेमले डेढ घन्टामै काम सकिदिए।

    नाइँ नभन्नु ल २ को गीत रिलिज भएपछि विदेशमा कार्यक्रमका लागि प्रेमलाई निकै अफर आइरहेका छन्। तर, ५ कक्षाको वाषिर्क परीक्षा नजिक आइरहेकाले समय मिलाउन गाह्रो भएको छ। यद्यपि, लन्डनको कार्यक्रममा जाने लगभग पक्का भएको छ।

    संगीतकार सापकोटा प्रेमको स्वरलाई गड गिफ्टु नै मान्छन्। स्वरमा यति मिठास लाखौँमा एकको हुने उनको भनाइ छ। उनका अनुसार एउटा गायकमा कम्तीमा तीनवटा गुण हुनुपर्छ, स्पष्ट शब्द उच्चारण, फिलिङ्समा डुबेर गाउने र सुरलाई समात्न सक्ने। भन्छन्, प्रेममा तीनवटै गुण उत्तिकै सशक्त रूपमा छन्।ू उनी प्रेमलाई सम्भावनाको खानी नै मान्छन्। तर, सापकोटाले चुनौती पनि देखेका छन्। प्रेम अहिले १३ वर्षका भए, बिस्तारै उनको स्वर धोद्रो हुँदै जानेछ। त्यतिबेला स्वरमा रहेको मिठास हराउने डर हुन्छ। त्यसैले अभ्यासको निकै खाँचो रहेको सापकोटा सुझाउँछन्। स्वरमा आउने परविर्तनले पनि उनको भविष्य निर्धारण गर्छ। अहिलेकै मिठासलाई कायम राख्न सक्नुपर्छ, उनको सुझाव छ।

    प्रेमले पनि यो कुरा महसुस गरेका छन्। स्वर मात्र मीठो भएर नहुँदो रहेछ। लामो समय टिक्न एउटा र्फममा गाउन जान्नु पर्दो रहेछ, प्रेम पछिल्लो अनुभव सुनाउँछन्, त्यसैले म्युजिक क्लास जाँदै छु। अचेल उनले संगीतसँगै पढाइमा पनि ध्यान दिन थालेका छन्। शिशिरका अनुसार प्रेम पढाइप्रति गम्भीर हुन थालेका छन्।




    स्रोत यु ट्यूब


    खास गरी विदेशमा कार्यक्रम गरेपछि पढाइप्रति उनको मोह बढेको छ। स्कुलकी प्रिन्सिपल राई पनि पढाइमा प्रेमको लगाव देखेर हषिर्त छिन्। भन्छिन्, सुरु सुरुमा निकै गाह्रो भएको थियो तर अहिले राम्रो पिकअप लिइरहेको छ। पढाइको महत्त्व बुझ्दै गएकाले पनि परविर्तन भएको हुन सक्छ।प्रेमलाई स्नातकसम्मको निःशुल्क अध्ययन व्यवस्था गरिएको राईले सुनाइन्।

    प्रेमले पछिल्ला दिनमा रामकृष्ण ढकाल, शिव परियारजस्ता आफ्ना प्रिय गायकलाई प्रत्यक्ष भेटिसकेका छन्। सबै सिनियर गायकले एउटै कुरा भन्छन्, तिमी हामीभन्दा ठूलो गायक बन्नेछौ। धेरैले उनलाई नयाँ रामकृष्ण ढकालु, रामकृष्ण ढकाल २ पनि भन्न थालेका छन्।

    २६ वर्षअघि रामकृष्णलाई काठमाडौँको पुरानो बसपार्कछेउको चियापसलमा टेबल ठोकेर गीत गाइरहेको अवस्थामा भेटेर गोपाल कर्माचार्यले यसै गरी सांगीतिक मोड दिएको यहाँनेर स्मरणीय छ। रामकृष्णको एकल साँझ, आशीर्वाद नामक एल्बम र फिल्म निर्माण गरेका कर्माचार्य उनका गडफादरुका रूपमा दरिएका छन्।

    त्यसो त समान पृष्ठभूमि र धेरैजसो रामकृष्णका गीत गाएकै भरमा आफूलाई त्यसरी दाँजेको प्रेमलाई मन पर्दो रहेनछ। उहाँ रामकृष्ण मेरो बेस्ट सिंगर हो तर मलाई उहाँजस्तो हुनु छैन, केही गम्भीर हुँदै प्रेम भन्छन्, मलाई प्रेम परयिार नै हुनु छ।  - नेपाल सपताहिकवाट






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यी हुन् रामकृष्ण ढकाल २ भिडियोसहित Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top