-

  • नयाँ खबर

    10 March, 2014

    उच्च माविका विद्यार्थीले सवारी चलाउन नपाउने

    २६ फागुन, 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई मोटरसाइकल र स्कुटर चलाउन रोक लगाएको छ ।
    पछिल्लो समय हुने गरेका सवारी दुर्घटनामा उच्चमाध्यमिक तहमा अध्ययनरत विद्यार्थीको सङ्ख्या बढी पाइएपछि कार्यालयले सवारी चालक अनुमतिपत्र भएपनि सवारी साधन चलाएमा कारबाही गर्ने भएको छ ।
    कार्यालयले सवारी चलाउँदा मोबाइल फोन प्रयोग गर्नेहरुमाथि पनि कारबाही थालेको छ । तीव्र गति र मोबाइल फोनको प्रयोगका कारणले सवारी दुघर्टना बढी भएको पाइएपछि कार्यालयले आइतबारबाट अभियान चलाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिए ।
    सवारीको चाप बढ्दै गएपछि चितवनमा सवारी दुर्घटना पनि दिनप्रतिदिन बढ्दै गएको छ । दुघर्टना न्यूनीकरण गर्नका लागि ट्राफिक प्रहरी कार्यालयले सवारी चेकजाँच र मापसे नियन्त्रण अभियानलाई तीव्र पारेको छ । ......रासस






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: उच्च माविका विद्यार्थीले सवारी चलाउन नपाउने Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top