-

  • नयाँ खबर

    24 May, 2015

    सरिता गिरीलाई चिठ्ठी ‘बहुरानी म मर्माहत भएको छु’

     madhav sirशुभ आशिर्वाद, हामी पोखरामा सबै सञ्चै छौं ।
    बेटी, त्यहाँ तिमीसहित हाम्रा सबै बन्धु बान्धवहरु सन्चै छन् भन्ने विश्वासमा छु । उता तिम्रो माइतीघरमा पनि सम्धी सम्धिनी ज्यू, जेठान, जेठानी र वहाँहरुको सानो छेरा ‘बन्टी’ पनि आरामै होला भन्नेमा छु । सबैमा मेरो तर्फबाट साष्टाङ्ग प्रणाम छ ।
    आजको यस आईटीको युगमा मोबाइल, इन्टरनेटमार्फत पलपलमा भलाकुसारी जानकारी लिन सकिने अवस्थामा पनि बुहारी नानीलाई यो चिठी लेख्न म बाध्य भएको छु । कारण यो नितान्त पारिवारिक पत्राचार भएकोले हामी आपसमा मात्र सिमित रहोस् भन्ने उद्देश्यले हो ।



    saritaबुहारी नानी,
    बेटी, तिमीलाई थाहा भयो भएन हामी बसेको पोखरामा भूइचालोले कुनै मानवीय क्षति नगरेपनि देशका भूभाग र हाम्रो मावली गाउँ गोरखा बारपाकमा भूइचालोले पुरै गाउँ नै ध्वस्त बनायो । मावलीका सबै घर भत्के । जमिन चिराचिरा भयो । धेरै गाउँलेको ज्यान गयो । बाँचेका पनि गम्भीर घाइते भएर हामीले हेलिकप्टरबाट ओसारेर पोखरा ल्याएर उपचार गरायौं ।
    त्यसरी उपचारमा रहेका मध्ये तिम्रो माइती घर नजिक सितामढी “धमाका टकिज” छेउछाउ बस्ने साधुराम कलवार पनि छ । अहिले उसको अवस्थामा सुधार आएको छ र पोखराका गुरुङ संस्था तमु धींले बन्दोबस्त गरेको अस्थाइ आश्रय केन्द्रमा बसेर तङ्ग्रिरहेको छ । उसले पनि नानुलाई राम राम र प्रणाम भनेको छ ।

    म टाढाको नाता मात्र पर्ने ससुरजी होइन । तिम्रो ससुरबाको सगोत्री १३ दिने नाता भित्र को हो । काम, व्यवसाय, पेशाका कारण पोखरामा बस्न आएको हुँ । त्यसैले म पहाडीया भनिए । हावापानी र वातावरणले अलि गहुँगोरो जस्तो देखिएँ । त्यसैले पनि म मधेसी नभनिएको हुन सक्छ । जे जस्तो भए पनि म एक नेपाली हुँ ।


    बेटी, अहिले हाम्रो मुलुकमा आएको भूँइचालोले सबै तहस नहस बनायो । गाउँहरु बस्न नहुने गरी भत्कायो । भूकम्प पीडितहरुलाई पुनर्वास गराउनु पर्ने अवस्था छ । देश भित्रको कतै सुरक्षित ठाउँमा बसोबास गराउने चर्चा चलेको थियो । तर, नानु दुःख साथ भन्नु पर्दछ यस्तो अवस्थामा सु–संस्कृत माइतीघरमा हुर्किएकी राम्रो संस्कार पाएकी कूलघरान की छोरी तिमीले भूकम्प पीडित गाउँ सखाप भएकाहरुलाई तराईमा पुनर्वास गर्न दिन्न भन्यौ भन्ने सुन्दा म मर्माहत भएको छु ।
    आफ्नो माइतीघरप्रति गर्व गर्ने महान संस्कृति बोकेकी एउटा चेलीले आफ्नो ससुराली घरका आफन्त पीडामा परेको अवस्थामा तिनलाई तराईमा बसाई सराई गराउन बस्न दिन्न भन्यौ भन्ने कुरा म पत्याउन सक्दिन । मलाई तिमीले त्यस्तो भन्छ्यौ र भनेको हो भन्ने कुरामा एकरति पनि विश्वास छैन ।
    बेटिया, तिमी भारत जस्तो ठूलो देश माइती भएकोमा गर्व गर्ने चेलीले आफ्नो कर्म घरका सहोदर नातागोतालाई तिरस्कार गर्ने संस्कार तिमीमा छ भन्ने मलाई एक रति पनि विश्वास छैन । किनकी नानु तिमीले तिम्रो भाउजुबाट पनि धेरै कुरा सिकेको हुनुपर्दछ भन्ने म ठान्दछु ।

    अनि एउटा महत्वपूर्ण कुरा हाम्रा सबै नातागोता, इष्टमित्र साथीहरुलाई अब आउन लागेको वर्षायाममा अत्यन्त सजग भएर बस्न भन्न नबिर्सनु । हाम्रो देशको पहाडी क्षेत्रमा गएको महाभूकम्पको कारण धेरै हिमतालहरुको भूबनोट कमजोर भएका छन् । त्यसैले ति हिमतालहरु कुनै बेला पनि फुटेर बागमती, कमला र कोशी नदिहरुमा अकल्पनीय बाढी आउन सक्दछ ।


    तिम्री भाउजु सोनिया गान्धीको माइत पनि विदेश नै हो । उनी पनि आफ्नो माइती छोडेर भारतकी बुहारी बनिन् । तर, हेर उनिमा आफ्नो माइतीघरको भन्दा आफ्नो ससुराल घर भारतको कति माया छ । कति चिन्ता छ । कति सम्वेदना छ । कति चाहना छ । कति प्यार छ । कति लगाव छ । त्यस्ती भाउजु पाएकोमा तिमीले आफूलाई धन्य धन्य मान्नु पर्दछ । तिमी भाउजुको माइतीघर भन्दा कर्मघर प्रतिको स्नेह सद्भाव प्यारबाट तिमीले पनि धेरै कुरा सिक्नु पर्ने हो । ससुराल आएकी चेलीले माइतीको धाम लगाएर हिड्न हुँदैन नानु ।
    तिमी पढेलेखेकी छोरी, तिमीले कहिले नेपाली चेली सीताले आफ्नो पति रामको घरका कुनै सदस्यलाई कहिले विभेद, वितृष्णा गरेको र असहिष्णु भएको पढेकी छौ ?
    म नेपाली चेली हुँ । नेपाली चेली भएकोमा गर्व गर्छु त सीताले पनि भनिन् होला तर कहिले रामका आफन्तप्रति घृणा राख्ने र तिरस्कार गरेको पढेसुनेकी छौ ?
    बेटी, मैले धेरै गन्थन गरिलिएँ । तिमीलाई बोर पनि लाग्यो होला । यो टाढाको नाता मात्र पर्ने ससुरले व्यर्थै मेरो दिमाग खराब गरायो भन्ने पनि भयो होला ।
    म टाढाको नाता मात्र पर्ने ससुरजी होइन । तिम्रो ससुरबाको सगोत्री १३ दिने नाता भित्र को हो । काम, व्यवसाय, पेशाका कारण पोखरामा बस्न आएको हुँ । त्यसैले म पहाडीया भनिए । हावापानी र वातावरणले अलि गहुँगोरो जस्तो देखिएँ । त्यसैले पनि म मधेसी नभनिएको हुन सक्छ । जे जस्तो भए पनि म एक नेपाली हुँ ।
    म पोखरा बसे पनि तिम्रो हाम्रै नातागोता इष्टमित्र बालसखा रहेकाहरुले उब्जाएर त्यहाँबाट पठाएको अन्नपात सागसब्जी खाएरै बसेको छु । जीवन धानेको छु । यसमा म सबैसँग ऋणी छु ।

    भोली बाढीले कुनै प्रकारको विनास भएमा गास बासको समस्या भएमा ति प्रकृतिले दुःख दिएका बन्धुबान्धवहरुलाई यहाँ पोखरामा आश्रय दिन र सेवा गर्न भने हामी सधैं तत्पर छौं भन्ने कुरा पनि बताइदिनु है नानु ।


    हो, बरु मैले यहाँ पोखराबाट तिमीहरुलाई केही पनि पठाउन सकेको छैन । त्यो पठाउन नसक्नुको कारण पनि प्रष्ट छ । हामी कहाँ हुने खान पुग्ने नातादार इष्टमित्रको घरमा नहुनेले केही पठाउन सक्ने कुरा भएन । तरपनि नाता भनेको दिएर, खाएर मात्र स्थापित हुने कुरा भएन । हामीले यहाँबाट सधैं सबै दाजुलाईहरु मित्रहरुमा सदिच्छा, सद्भाव र एकताको शुभेच्छा पठाएका छौं । बेटी, यो कोशेली त्यहाँका मेरा बालसखा, इष्टमित्र, दाजुभाई, दिदीबैनी सबैलाई पनि नछुटाई बाँडीदिनु है ।
    अनि एउटा महत्वपूर्ण कुरा हाम्रा सबै नातागोता, इष्टमित्र साथीहरुलाई अब आउन लागेको वर्षायाममा अत्यन्त सजग भएर बस्न भन्न नबिर्सनु ।
    हाम्रो देशको पहाडी क्षेत्रमा गएको महाभूकम्पको कारण धेरै हिमतालहरुको भूबनोट कमजोर भएका छन् । त्यसैले ति हिमतालहरु कुनै बेला पनि फुटेर बागमती, कमला र कोशी नदिहरुमा अकल्पनीय बाढी आउन सक्दछ । त्यस बाढीको चपेटामा परेर हाम्रा त्यहाँका दाजुभाईहरुले विपत भोग्नु पर्ला र बेलैमा सतर्क भएमा त्यस आपतबाट बच्न सकिन्छ । सबैलाई समयमै सतर्क गराउनु राम्रो हुन्छ । तर, ति हाम्रा बान्धवहरुले भयभित हुनु पर्दैन सतर्क मात्र हुने हो ।
    भोली बाढीले कुनै प्रकारको विनास भएमा गास बासको समस्या भएमा ति प्रकृतिले दुःख दिएका बन्धुबान्धवहरुलाई यहाँ पोखरामा आश्रय दिन र सेवा गर्न भने हामी सधैं तत्पर छौं भन्ने कुरा पनि बताइदिनु है नानु । लौ धेरै गन्थन लेख्दा पत्र पनि लामो भयो । झन्झट नमानी पढ्ने नै छौ । अहिलेलाई बिदा ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: सरिता गिरीलाई चिठ्ठी ‘बहुरानी म मर्माहत भएको छु’ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top