-

  • नयाँ खबर

    11 March, 2014

    नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिला

                                 
    अष्ट्रेलिया, फाल्गुन २७  बिद्यार्थीको रुपमा करिब २ दशकअघि अष्ट्रेलिया आएकी नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिलाको सुचीमा सुचीकृत भएकी छिन् ।
    अष्ट्रेलियाबाट प्रकाशित हुने पत्रिका बिजनेश रिभ्यु विक्ली ९बिआरडब्लु० ले शनिबार साँझ निकालेको सुचीमा उनी १ सय ५ मिलियन डलर सहित ११ औं स्थानमा परेकी हुन् ।
    गतबर्ष आफ्ना श्रीमान शेष घलेसँगै पहिलोपटक २ सय ६५ मिलियन डलर सहित धनीको १सय ८०औं सुचीमा अटाएकी उनी यसपाली भने ब्यक्तिगत रुपमा महिलाको सुचीमा पर्न सफल भएकी हुन् । अष्ट्रेलियामा यसबर्ष धनीको माथिल्लो सुचीमा परेकी उनी नै दक्षिण एसियाकी महिला बनेकी छिन् ।
    उनी नेपालबाट सन १९९० ताका शेष घलेसँगै बिद्यार्थी भिषामा अष्ट्रेलिया आएकी हुन् । मेलबर्नमा बसोबास गर्दै आएकी उनी मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीकी मेनेजिङ डाइरेक्टर हुन् भने बिभिन्न ब्यवसायहरुमा समेत आबद्ध छिन् । यसैगरि हालै काठमाडौमा ७ अर्ब लगानीमा बन्न लागेको शेराटन होटलमा समेत उनको लगानी रहेको छ ।
    उनी बिशेषगरि श्रीमान तथा वर्तमान एनआरएन अध्यक्ष शेष घलेलाई बिभिन्न ब्यवसायमा सघाउँदै आएकी छिन् । मेलबर्नमा शिक्षामा सफल मध्येको मानिने इन्ष्टिच्युटले बिभिन्न बिषयहरुमा स्थानीय तथा बिदेशी बिद्यार्थीहरुलाई उच्च शिक्षा दिंदै आएको छ ।
    उक्त पत्रिकाको पहिलो सुचीमा भिक्की टोह परेकी छिन् भने हलिउड अभिनेत्री निकोल किडम्यान ३ सय ३० मिलियन डलरसहित छैटौ स्थानमा सुचीकृत भएकी छिन् । यसैगरि भुतपुर्व प्रधानमन्त्री केभिन रडकी श्रीमती थेरेस रिन पनि १ सय ३५ मिलियन डलरसहित १० औं नम्बरमा अटएकी छिन् ।  साभार - ekantipur.com





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: नेपाली महिला जमुना गुरुङ पहिलोपटक अष्ट्रेलियाको धनी महिला Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top