-

  • नयाँ खबर

    29 March, 2014

    प्रहरी महानिरिक्षक अर्यालद्वारा विभिन्न आधुनिक तवरका भवण उदघाटन समपन्न ।

    प्रहरी चौकि इनर्वाको उदघाटन गर्नुहुदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल । 


    चैत्र १५ पर्सा
    जियालाल साह 
    वीरगंजमा आज विभिन्न भवणहरुको समुदघाटन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गर्नु भएको छ । विहान महिला तथा बालबालिका सेवा केन्द्रको भवन उदघाटन गद उहाँले सरकार बिनियोजन गरेको बजेटबाट नेपाल प्रहरी १ सय २५ वर्षमा पनि भौतिक सुविधा सम्पन्न हुन नसक्ने बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा नवनिर्मित महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटन गर्दै प्रहरी महानिरिक्षक अर्यालले आमजनताको सहयोगमा प्रहरी भवनको निर्माण नभएको खण्डमा अझै नेपाल प्रहरीको बजेटवाट भवणहरु निर्माण हुने हो भने १ सय २५ वर्ष भन्दा कम कुर्नु पर्दैन । प्रहरी महानिरिक्षक अर्यालले जनताको सुरक्षा राम्रो तवरले प्रवाह गरेकै कारण जनताले विश्वास गरि नेपाल प्रहरीलाई सहयोग गरेका छन् यस विश्वासलाई कायम राखि अझै सेवा सुविधा विस्तार गरी नेपाल प्रहरी आफ्नो सेवालाई बाईपासमा प्रबेश गराएकाले अपराधीसंग नःत डराउनसक्छ नःत पछाडि हटन नसक्ने बताए । कार्यक्रममा महिला तथा बालबालिकाका मुद्दाहरुलाई छिटो छरितो रुपले प्रभावकारी ढंगवाट सम्पन्न गर्ने उद्देश्यले भवनको निर्माण गरिएको भवन समितीका अध्यक्ष विश्वकरण जैनले बताए । भवन उदघाटन कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक सर्वेन्द्र खनाल, प्रहरी उपरिक्षक धिरज प्रताप सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमय, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक वैद, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारालगायतको सहभागिता रहेको थियो  ।
    यसैगरी प्रहरी चौकि इनर्वाको समुदघाटन गर्नुहुदै प्रहरी महानिरिक्षक अर्यालले भन्सार नजिकै रहेको यस भवणले सिमामा रहेको अपराधीक कृयाकलापका साथै नेपाल प्रबेष गर्ने पर्यटकहरुको अकर्षकको केन्द्रविन्दु समेत बन्ने बताउनु भएको छ । त्यसैगरी भारतिय महावाणिज्य दुतावास वीरगंजकी दुत अन्जू रञ्जनले वीरगंजको यस प्रहरी भवन भारतिय प्रहरी प्रशासनका लागि उदाहरणीय रहेको बताएकी छिन् । उनले यस भवणले सुरक्षा दिने मात्रै हैन भारतिय आगन्तुक र पर्यटकहरुलाई समेत सहज हुने बताईन् । १ करोड १० लाखको लागतमा निर्माण भएको दुईतले भवणमा १० वटा कोठा सहित अलग्गै भान्साघर र नेपाल प्रबेश गर्ने पर्यटकहरुका लागि सौचालय बाथरुमको निर्माण भएको भवण निर्माण समितिका अध्यक्षले बताए । तत्कालिन पर्साका प्रहरी उपरिक्षक पिताम्बर अधिकारीको पहलमा भवण निर्माण सुरु भएको यस भवणका लागि व्यपारी, उधोगि, समाजसेवि र सर्वसधारणको सहयोगमा निर्माण भएको हो । यसैगरी घण्टाघरमा समर्पण सेवाले निर्माण गरेको दुईतले प्रहरी वीट र खानेपानीको उदघाटन समेत प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले गर्नुभएको थियो ।  


    प्रहरी चौकी इनर्वामा सलामि दिदै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल । 



























    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: प्रहरी महानिरिक्षक अर्यालद्वारा विभिन्न आधुनिक तवरका भवण उदघाटन समपन्न । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top