-

  • नयाँ खबर

    07 March, 2014

    पत्रकार महासंघ पर्सामा नर्वाचित पदाधिकारीहरु तथा पार्षदहरुको पदस्थापन समपन्न ।



    वीरगंज पर्सा 
    २३ फागुन, 
              नेपाल पत्रकार महासंघ पर्साको दशौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरु तथा केन्द्रिय पार्षदहरुको आज पदस्थापन गरिएको छ ।
                     वीरगंजको होटल सम्झनामा आयोजित कार्यक्रमका विच नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय पार्षदहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै पदस्थापन गरिएको हो । अधिवेसनबाट विजयी अध्यक्षमा श्याम बन्जरा, उपाध्यक्षमा धु्रव साह, सचिवमा कृष्णउदास खनाल, कोषाध्यक्षमा अनुप तिवारी र सहसचिवमा शेखरबहादुर क्षेत्री तथा सदस्यहरुमा सफल खतिवडा, संजिव कुमार मिश्र, निरन्जन मिश्र, नवराज फुयाँल, दिपक गौतम, र प्रणयकुमार साहलाई प्रमाण पत्र वितरण गरिएको छ । यस्तै मधेसी कोटामा कपिलदेव यादव, महिला सदस्यमा लक्ष्मी खरेल, जनजाती तर्फ उत्तम खड्की र दलित तर्फ विनोद परियारलाई पनि प्रमाण पत्र वितरण गरियो ।
                    यसै गरि केन्द्रिय पासर्दमा शत्रुघन नेपाल, राजु श्रेष्ठ, भूषण यादव, गोविन्द देवकोटा, केसी लामिछाने, महेशचन्द्र गौतम, शितल महतो, रसना ढकाल, प्रतिमा चौधरी, विश्वम्भर शर्मा, रितेश त्रिपाठी, प्रेम कार्की, शंकर आर्चाय, लालबाबु शेख, विजय भण्डारी, दिपेन्द्र चौहान, ओमप्रकाश खनाल, सुदर्शनराज पाण्डे, शंकर खतिवडा, आरके पटेल र रामनारायण कुर्मी लाइ प्रमाण पत्र सहित पदस्थापन गरिएको हो । निर्वाचित सबैलाई प्रमुख निर्वाचन अधिकृत नन्दन यादवले प्रमाण पत्र प्रदान गर्नु भएको थियो । यस्तै कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष ध्रुव साहले जितमा उन्माद र हारमा खिन्नता प्रकट नगर्न पर्सेली संचारकर्मीहरुलाई आग्रह गर्दै छापामारी, चन्दा आतंक जस्ता विकृतिजन्य पत्रकारिताको अन्त्य गर्न आफ्नो कार्य समिति लागि पर्ने घोषणा गर्नु भयो । रेडियो वीरगंजका कार्यकारी अध्यक्ष समेत रहनु भएका साहले नेपाल पत्रकार महासंघ पर्सा शाखाको भवन निर्माणका लागि रेडियो बीरगंजको तर्फबाट २ लाख रुपैया प्रदान गर्ने वचनवद्धता व्यक्त गर्नु भयो । नवनिर्वाचित अध्यक्ष श्याम बन्जरालाइ निवर्तमान अध्यक्ष केसि लामिछानेले महासंघको महत्वपूर्ण कागजात हस्तान्तरण गरि पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजियम, महासंघका केन्द्रिय सदस्य महेस दास, बरिष्ठ पत्रकार जगदिश शर्मा, पुर्व अध्यक्ष दिपेन्द्र चौहान, शत्रुघ्न नेपाल, नेकपा एमालेका पर्सा संयोजक चिरन्जिवि आचार्य, एकिकृत माओबादी पर्साका इन्चार्ज प्रहलाद गिरि लगायतले मन्तव्य व्यक्त गर्दै व्यवसायीक पत्रकारीताको जगेर्नाका लागि नवनिर्वाचित कार्यसमिति लाग्नु पर्नेमा जोड दिए ।



















    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: पत्रकार महासंघ पर्सामा नर्वाचित पदाधिकारीहरु तथा पार्षदहरुको पदस्थापन समपन्न । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top