-

  • नयाँ खबर

    29 March, 2014

    वीरगंजको डिभाइडर बन्यो डम्पिङ साइट¨ भिडियो रिपोर्ट सहित ।

    घण्टाघरदेखि उत्तरतर्फ सडकको बीचमा लगाएको हरियो बोटविरुवा !



    बीरगंज १६ चैत्र 
    बीरगंजको घण्टाघरदेखि उत्तरतर्फ सडकको बीचमा लगाएको हरियो बोटविरुवा बिस्तारै बिस्तार नाशिदैछन् ।
    प्रत्येक बर्ष आफनो योजनामा “ स्वस्थ्य सुन्दर बिकासको शहर ” जस्ता बिकासे नारा बोकेर हिडने बीरगंज उपमहानगरपालिका कार्यालय र जिल्ला भित्रको ट्राफिक ब्यवस्थापन चुस्त दुरुस्त राख्ने जिम्मेवारी बोकेका जिल्ला ट्राफिक कार्यालय पर्साको बेवास्ताको कारण हरियो डिभाइडर अघोषित गौशाला र डम्पि¨ साइट बन्दै गइरहेको छ । तैपनि सम्बन्धीत निकायको आखा पुग्न नसक्दा नगरबासी चिन्तित देखिन्छन ।
    हरियो बोटविरुवा मानव जीवनको लागि मात्र नभई बातावरणीय हिसावले पनि अपरिहार्य हुन्छ । बाराको सूर्य नेपालले बीरगंज नगरपालिकासंगको मौखिक सहमतिमा बीरगंज शहरको बीचमा रहेको डिभाइडरमा विभिन्न प्रकारको बोटविरुवा हुर्काउदै आइरहेको थियो । तर केही दिन यता आएर वास्ता गर्न छाडेपछि हरियो बोटविरुवाले भरिएको डिभाइडर फोहोर फयाक्ने डम्पि¨ र छाडा चौपायाहरुको बास स्थान बन्न पुगेको छ । जसको कारण शहरको बीचमा हुर्किसकेको हरियो बोटविरुवा बिस्तार बिस्तार नाशिदै गइरहेको छ । झन सडक किनारामा ठेला र घुम्तीका नाश्ता पसलहरुले जुठो र फोहोर फयाक्न थालेपछि त अवस्था झनै नाजुक बन्दै गएको छ ।



    नगरपालिका कार्यालयका अनुसार केही समय पहिले सूर्य नेपाल आफैले लगाएको बोटविरुवा, अहिले आएर वास्ता गर्न छाडेका छन् । तर शुरुदेखि हुर्काउने र त्यसको संरक्षण र सुरक्षाको जिम्मेवारी बोकेका निकायको बेवास्ताले सुन्दर डिभाइडर अहिले आएर नगरबासीको लागि समस्या बनेको छ । बीरगंजको करिव दुई दर्जन छाडा चौपायाहरु दिनभरी त्यही भित्र बस्ने र रुखहरु मास्ने काम गरिरहेका छन् । यदि छिट्टै पहल नगर्ने हो भने भोलीका दिनमा नगरभरिको फोहोर फयाक्ने ठाम नबनोस ।
    लागतकै हिसावले पनि करिव १० लाख रुपैयाको लागतमा फलामकै बार लगाउन सकिने भएपनि अहिलेसम्म न नगरपालिकाले नै चासो देखाएको छ, न औधोेगिक नगरीको रुपमा चिनिने कुनै उधोग कलकारखानाहरुले नै चासो देखाएका छन् । डिभाइडर भित्रको अवस्था देखेर सबैको मन त दुखेको छ, तर पहल गर्नु पर्छ भनेर कसैमा भावना जागृत हुन सकेको छैन । सुन्दरताको नाराले सुन्दर शहरको परिकल्पना त गर्न सकिन्छ तर सुन्दर शहरको निर्माण गर्न सकिन्न, निर्माणको लागि त सुन्दर योजनाको साथमा सुन्दर भावना पनि हुनुपर्छ ।





    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: वीरगंजको डिभाइडर बन्यो डम्पिङ साइट¨ भिडियो रिपोर्ट सहित । Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top