-

  • नयाँ खबर

    12 March, 2014

    ७ महिनाको अवधिमा लागु औषधमा मात्रै १ सय ४ जना लाई पक्राउ




    फागुन,२८ पर्सा,  
    जिल्ला प्रहरी कार्यलय पर्साले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । लागु औषध ओसार पसार एंव नियन्त्रण अभियान अन्तर्गत हिजो सोमवार साझ पर्साको लालपर्सा वडा नम्बर ७ को खेतमा परालभित्र लुकाई राखेको अवस्थामा १ सय १० केजि चरेस बरामद गरेको छ । बरामद चरेस कसले राखेको बारेमा अनुसन्धान भईरहेको पर्साका प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको छ । 
    त्यसैगरि जिल्ला प्रहरी कार्यलय पर्साले विभिन्न गाविसवाट ७ महिनाको अवधिमा लागु औषधमा मात्रै १ सय ४ जना लाई पक्राउ गरि मुद्दा चलाएको पर्साको प्रहरी उपरिक्षक धिरज प्रताप सिहले जनकारी गराउनु भएको छ । जस अन्तर्गत लागु औषध गाँजामा २० क्यून्टल ७३ केजि बरामद गरि १६ जना, चरेशमा ३ सय ५३ केजि बरामद गरि १३ जना, खैरो हिजोईनमा ३७० ग्राम बरामद गरि ३ जना र लागु औषध ईन्जेक्शन, कोरेक्स, नाईट्रोभेट ट््यावलेटमा ७२ जना मानिसलाई पक्राऊ गरि मुद्दा चलाएको छ । जस अन्तर्गत १०१ जना पुरुष र ३ महिला रहेकी छिन् । 





















       






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: ७ महिनाको अवधिमा लागु औषधमा मात्रै १ सय ४ जना लाई पक्राउ Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top