-

  • नयाँ खबर

    11 March, 2014

    एसएलसी परीक्षाको तयारी पूरा

    भक्तपुर, फाल्गुन २७ ( परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले चैत ६ देखि १४ गतेसम्म देशभर सञ्चालन हुने एसएलसी ९प्रवेशिका० परीक्षाको आवश्यक तयारी पूरा गरेको छ ।
    परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक प्रल्हाद अर्यालले परीक्षाको आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति परिचालन गरिने बताए । परीक्षा केन्द्र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइने भएको छ ।
    सरकारले परीक्षालाई मर्यादित बनाउन मन्त्रालयको सहसचिवहरू संलग्न केन्द्रीय अनुगमन समिति बनाएर परिचालन गर्ने भएको छ ।
    यसअन्तर्गत मेचीमा खगराज बराल, कोसीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुङ्गेल, जनकपुरमा डिल्लीराम रिमाल, बाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी, नारायणीमा कमलेशकुमार सिन्हा र गण्डकीमा देवकुमारी गुरागाईं खटिने भएका छन् ।
    त्यसैगरी लुम्बिनीमा गणेशप्रसाद ज्ञवाली र बाबुराम पौडेल, धौलागिरिमा सूर्यप्रसाद गौतम, राप्तीमा कमलप्रसाद पोखरेल, भेरीमा टेकनारायण पाण्डे, कर्णालीमा गणेश राई, सेतीमा देविना प्रधानाङ्ग र महाकालीमा खगेन्द्रप्रसाद नेपाल खटिने भएका छन्।
    उपनियन्त्रक अर्यालले एसएलसी परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायत आवश्यक अन्य सामग्रीहरू जिल्ला जिल्ला पु्र्याई सकिएको जानकारी दिनुभयो ।
    कार्यालयले परीक्षाका लागि गत वर्षभन्दा ५० वटा परीक्षा केन्द्र थप गर्दै देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ भने यस वर्षदेखि देशभरबाट होम सेन्टर हटाएको छ ।
    यस वर्ष नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फाराम भरेका छन् । जसमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्र्ष पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा नियमिततर्फ चार लाख ३० हजार ९९ विद्यार्थी सहभागी थिए ।
    आवेदन दिएकामध्ये गत वर्ष २० हजार विद्यार्थी अयोग्य ठहरिएका थिए भने यस वर्ष सबै जिल्लाबाट परीक्षार्थीको यकिन तथ्याङ्क आएपछि मात्रै यसबारे थाहा हुने भएको कार्यालयको भनाइ छ ।
    सेन्टअप परीक्षा हटेपछि सबैले प्रवेशिका दिन पाउने व्यवस्थाअन्तर्गत कक्षा १० मा ७५ प्रतिशत हाजिरीलाई अनिवार्य गरिएपछि हाजिरी पुग्नेले मात्र परीक्षा दिन पाउने प्रावधानअन्तर्गत कति परीक्षार्थी अयोग्य भए भन्ने विवरण कार्यालयले जिल्ला जिल्लाबाट सङ्कलन गरिरहेको छ ।
    विद्यालयहरूले अयोग्य विद्यार्थीको विवरण फागुन १० भित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा बुझाउन कार्यालयले निर्देशन जारी गरे पनि केही जिल्लाबाट अझै तथ्याङ्क आउन बाँकी नै रहेको कार्यालयले जानकारी दिएको छ । रासस






    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएलसी परीक्षाको तयारी पूरा Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top