-

  • नयाँ खबर

    19 June, 2015

    एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण


    काठमाडौं ,२०७१ को एसएलसी प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजा अनुसार यो वर्ष  ४७।४३  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
    यो वर्ष गत वर्षभन्दा ४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष ४३।९२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए । गत वर्षको एसएलसी ९प्रवेशिका० परीक्षामा नियमिततर्फ ३ लाख ९४ हजार ९ सय ३३ ले परीक्षा दिएकामा १ लाख ७३ हजार ४ सय ३६ उत्तीर्ण भएका थिए ।
    परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले एसएलसीको नतिजा एसएमएस, आइभीआर र वेबसाइटमा  थाहा पाउन सकिने जानकारी दिए ।
    परीक्षा नियन्त्रक द्वारेले इन्टरनेटबाट हेर्न नसक्नेहरुले एसएमएसबाटै परिणाम थाहा पाउन सकिने बताए । नतिजा थाहा पाउन आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखी  १६००,५००१, ५२२५, ५५६६, ४९४९ र  ७६७६ मा एसएमएस गर्नुहोलाु, द्वारेले भने, ुनेपाल टेलिकमको १६०० मा फोन गरेर पनि नतिजा जान्न सक्नुहुन्छ ।
    एसएलसीको परिणाम शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मार्फत पनि थाहा पाउन सकिने सुविधा छ । त्यसैगरी अन्य सरकारी साइटहरुमा शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालयकै वेबसाइट www.soce.gov.np बाट पनि नतिजा जान्न सकिने छ ।
    त्यसैगरी नेपाल टेलिकमको वेबसाइट www.slc.net.com.np मा गएर पनि एसएलसीको नतिजा थाहा पाउन सकिनेछ ।
    प्राविधिकको एक सातापछि आउने
    यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने भएको  छ । श्रेणीकरण पद्धतिबाट प्राविधिक तर्फको नतिजा निकालिने द्वारेले बताए ।

    यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो ।

    चैत ५ गतेबाट भएको प्रवेशिका ९एसएलसी० परीक्षामा पाँच लाख ७२ हजार २०७ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र आम्सिकतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी सहभागी भएका थिए ।

    कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिए । By - Annuparna post.


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एसएलसीको नतिजा सार्वजनिक, ४७.४३ प्रतिशत उत्तीर्ण Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top