-

  • नयाँ खबर

    06 June, 2015

    एलपी ग्यासको आयात अवरुद्ध

    gas-andolan

    पर्सा, २३ जेठ । 
    वीरगञ्ज नाका हुँदै आएकोे खाना पकाउने एलपिजी ग्यास आयात विगत आठ दिनदेखि अवरुद्ध भएको छ । सवारी ज्यान मुद्दामा पक्राउ परेका भारतीय ग्यास ट्यांकर चालकको रिहाइको माग गर्दै भारतीय ट्यांकर चालकहरूको छाता संगठनले ढुवानी अवरुद्ध पारेका हुन् । जेठ १४ देखि ढुवानी बन्द गरेका भारतीय चालकहरूले शुक्रबार एक हप्ता भइसक्दा ढुवानी सुचारु गरेका छैनन् । यता ढुवानी ठप्प हुदाँ बजारमा ग्यासको कटैती गर्दै ग्यास कम्पनीले एक सय सिलिन्डर दिनुपर्नेमा दुई दर्जन मात्रै ग्यास खसालेको ग्यास बिक्रेता महासंघका केन्द्रिय उपाध्यक्ष एवं मिखा ट्रेडर्सका सञ्चालक गणेशमान श्रेष्ठले बताए ।
    नेपालमा ४ दशकदेखि ग्यास भित्रिरहेको छ तर सरकारले ग्यास भन्डारण गर्ने सोर्ससमेत ल्याउन सकेको छैन । न कुनै योजना नै ल्याएको ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष श्रेष्ठले बताए । एक हप्तादेखि ठप्प रहेको ग्यासको ढुवानीले देशमा रहेको ५६ वटा ग्यास कम्पनीले आफनो दुईवटा ट्यांकीमा भन्डारण गरेको ग्यास रहुन्जेल बजारमा अभाव भएन तर अबको केही दिनमै निरन्तर ग्यास ढुवानी भएन भने देशमा महाभूकम्पभन्दा पनि ठूलो ग्यासको भूकम्प हुने ग्यास बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष श्रेष्ठले जनकारी गराए ।
    नेपाल आयल निगम क्षेत्रीय कार्यालय अमलेखगञ्जका प्रमुख भानुभक्त खनालले अवरुद्ध रहेको ग्यास ढुवानी सुचारु गराउने प्रयासमा लागिपरेको जानकारी दिए । उनले भारतीय ट्रास्पोर्टस, ट्यांकर चालक र आयल निगमका अधिकारीबीच अवरुद्ध ग्यास ढुवानी सुचारु गराउने विषयमा छलफल भइरहेको र चाँडै सहमति भई ढुवानी सुचारु हुने जिकिर गरे । नेपालमा जाडो महिनामा २२ हजार मेट्रिक टन ग्यास खपत हुने गर्दछ र अहिले महाभूकम्पका कारण धेरैजसो ठूला–ठूला होटल बन्द भएकाले बितेको महिनामा १६ हजार मेट्रिक टन मात्रै ग्यास खपत भएको ग्यास बिक्रेता महासंघले जनाएको छ । यसरी महिनामा खपत हँुदै गएको ग्यास बढीमा १२ दिनसम्म मात्रै ग्यासको अभावलाई ग्यास कम्पनीले झेल्न सक्छन् यदि तुरुन्त ग्यास आपूर्ति नभए ठूलै हाहाकार हुने देखिन्छ । भारतको वरौनी, हल्दियाँ र मथुरा ग्यास स्टेसनबाट नेपालका लागि आयात गरिएको ग्यासका सयकडौँ ट्यांकर वीरगञ्जको सिमावर्ती भारतीय सहरका विभिन्न तेल ट्यांकी र गम्हरीया चोकमा रोकी सहकर्मी रिहाइको माग गर्दै चालकहरू आन्दोलनमा उत्रिएका छन् । एक महिनाअगाडि चितवनको कुलेनटारनजिकै भएको सवारी दुर्घटनामा अन्य सवारीको ठक्करबाट एक व्यक्तिको मृत्यु र अन्य अर्का व्यक्ति गम्भीर घाइते भएको एचआर ७४–५६४६ नम्बरको भरतीय ट्यांकरका चालक भारत विहारको वेगुसराय निवासी मनोजकुमार तातीलाई झुठा सवारी ज्यान मुद्दामा प्रहरीले फसाएको र उनलाई नछाडेसम्म ग्यास ढुवानी अवरुद्ध नै राखिने अर्का ट्यांकर चालक सन्तोषकुमार सिंहले बताए । उता भारतको गम्हरीया नहर सीमामा ट्यांकर चालकहरूले ट्यांकर जान रोक लगाई विरोध प्रदर्शन गरिरहेका छन् ।


    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: एलपी ग्यासको आयात अवरुद्ध Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top