-

  • नयाँ खबर

    09 June, 2015

    यस वर्ष पनि पर्सामा आँपको उत्पादनमा कमी, बजारमा विषादियुक्त आँप छयाप्छयाप्ती



    वीरगंज, 26 जेठ/     आँपको यो मौसममा नेपाली आँप रूखमैं हुँदा भारतीय अस्वस्थकर आँप बजारमा खुल्लमखुला बिक्री भइरहेको कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत कमलराज गैरेले बताएका छन्।     उनले नेपाली आँप पाक्न अझै करिब डेढ साता लाग्ने बताउँदै भारतीय किसानहरूले विभिन्न रसायन र विषादि प्रयोग गरेर समय अगावै आँप नेपाली बजारमा महँगो मूल्यमा बिक्री गरिरहेको बताए।     बढ्दो गर्मीसँगै वर्षात्समेत नभएको अवस्थामा विषादि प्रयोग भएको आँप खानु विष खाएसरह हुने वरिष्ठ कृषि विकास अधिकृत गैरेको दाबी छ । तर तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले वीरगंज आसपासमा बिक्री भइरहेको आँप नेपाली भएको दाबी गरेका छन्। उनले नेपाली बजारबाटै २० टन आँप आउने र दस टन वीरगंज आसपास तथा १० टन हेटौंडा, चितवन र काठमाडौं पुर्‍याइने बताए।     बेमौसममा विषादि हालेर पकाएको आँप खाँदा पेट दुख्ने, झाडापखाला लाग्ने र ग्यास्टिक हुने हुँदा त्यस्तो आँप नखान अनुरोध गरेका छन्। उनले यस्ता आँपहरू खानैपरे २ घण्टा चिसो पानी वा फ्रिजभित्र राखेर खाएमा विषादिको असर कम हुने बताए।     कृषि कार्यालयहरूमा आँपलगायत फलहरू कतिको खान योग्य/अयोग्य गुणस्तर जाँच गर्ने मेशीन नभएकोले  यी आँपहरूमा कति विषदि छ, यकिन भन्न नसके पनि यसको रंग, आकार र गन्ध लगायत हेरी केही हदसम्म बताउन सकिने उनले बताए।     पर्सा जिल्लामा विगत ३ वर्षदेखि आँपको उत्पादनमा कमी आएको कृषि तथ्याङकबाट देखिन्छ। कृषि विकास कार्यालयका अनुसार आव २०७०/०७१ मा २ सय ७२ हेक्टरमा लगाइएको बोटबाट १ हजार ८ सय ४६ मेट्रिक टन आँप उत्पादन भएको थियो। त्यस्तै आव ०७१/०७२ मा २ सय ४५ हेक्टरमा खेती गरिएकोमा २ हजार ४० मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत गैरेले जानकारी गराएका छन् । यस वर्ष आँप विगतको तुलनामा अझै कम उत्पादन हुने उनले बताए।     आँपको विशेषता नै एक वर्ष बढी उत्पादन र अर्को वर्ष कम हुने हो तर विगत ३ वर्षदेखि पर्सामा उत्पादन कमी भएको गैरेको भनाइ छ। उत्पादन कम हुनुको प्रमुख कारण आँपमा मुजुरा लाग्नु अगावै त्यहाँको माटो गोडमेल गरी आँपका लागि कृषि अधिकृतको सल्लाहले औषधि छर्कनुपर्ने तर किसानहरू आँपको बोटमा बढी ध्यान नदिने कारण उत्पादनमा कमी आउने गरेको उनको भनाइ छ।    अहिले वीरगंज आसपासका बजारमा दैनिक ३० टनसम्म आँपको खपत देखिएको छ। यी आँप बर्दिवास, लालबन्दी, गौरलगायत ठाउँबाट आएको तरकारी तथा फलफूल बिक्रेता सङ्घका अध्यक्ष विदुर गुप्ता बताउँछन् । उनले भारतको आँप खुद्रा तरकारी व्यापारीहरूले साइकलमा मात्रै ल्याउने र त्यो २/३ टन भन्दा बढी नहुने बताएका छन्। उनले बजारमा उपलब्ध आँप स्वस्थकर नभएको स्विकारे। हाल बजारमा किलोको १ सयदेखि डेढ सय रुपियाँ किलोसम्म विभिन्न जातका आँपको बिक्री भइरहेको छ। गत वर्ष यसको मूल्य प्रतिकिलो रु ४० देखि ६० मा सीमित थियो। News By : Prateek Daily 



    कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
    • यसमा तपाइको मत
    • Facebook Comment

    0 comments:

    Post a Comment

    Item Reviewed: यस वर्ष पनि पर्सामा आँपको उत्पादनमा कमी, बजारमा विषादियुक्त आँप छयाप्छयाप्ती Rating: 5 Reviewed By: Mero samay

    सुचना :

    सुचना :— यदि तपाईसँग कुनैपनि लेख, रचना, गित, गजल, कविता छ भने, हाम्रो इमेल madhayanepalsandesh@gmail.com मा पठाउन हुन अनुरोध गर्दछौँ । तपाईको उत्कृष्ट समाग्री हामी क्रमशः प्रकाशन गर्दै जानेछौँ ।
    Scroll to Top